IME Life New

राष्ट्रिय बीमा कम्पनीका कर्मचारी आन्दोलित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी लगानीमा सञ्चालित राष्ट्रिय बीमा कम्पनीमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन् । सरकार समर्थित कर्मचारी संगठनको आह्वानमा कम्पनीका कर्मचारीहरुले आज विहान एक घण्टा धर्ना दिई आन्दोलन गरेका हुन् । कर्मचारीहरुले शुक्रबारदेखि नै आन्दोलन सुरु गरेको राष्ट्रिय बीमा कम्पनी कर्मचारी संघको नेतृत्वमा आन्दोलन गरिएको हो। आन्दोलनका कारण आइतबार विहान एक घण्टा काम समेत ठप्प भएको छ । कर्मचारीहरुको आन्दोलनको कारण गत शनिबार मनाउन लागिएको बार्षिकोत्सव कार्यक्रम समेत प्रभावित भएको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत, कार्यालयमा समयमा मात्रै सवारी चलाउने, एक घण्टा धर्ना लगायतका कार्यक्रमहरु रहेका छन् ।

Esewa
Crest

सो संगठनले पाँच बुँदे माग पत्र अघि सार्दै आन्दोलन गरेको कर्मचारी संघका अध्यक्ष मोहन तिमिल्सिनाले बताए । कर्मचारीहरुले रामशाहपथस्थित हाल कार्यालय भवन रहेको जग्गा आफ्नै नाममा नामसारी गर्नुपर्ने, हिसाब किताब अडिट गर्नुपर्ने, घरविदाको रकम भुक्तानी गर्नुपर्ने, राष्ट्रिय बीमा कम्पनीको कर्मचारी नियमावली २०७५ को दफा १२२ (३) अनुसारको बार्षिकोत्सव खर्च तुरुन्त भुक्तानीको व्यवस्था गर्नुपर्ने, दफा ११९ बमोजिमको बाह्य कार्यालय भत्ता तत्काल व्यवस्था हुनुपर्ने माग अघि सारेको छ ।

सत्तापक्ष कर्मचारी संगठनले गरेको आन्दोलन प्रतिपक्ष दल नेपाली कांग्रेस समर्थित नेपाल वित्तिय संस्था कर्मचारी संघले पनि नैतिक समर्थन गरेको  छ । संघका अध्यक्ष पदम श्रेष्ठले इन्स्योरेन्स खवरर्लाइ प्रतिक्रिया दिँदै राष्ट्रिय बीमा कम्पनीमा जारी कर्मचारी आन्दोलनमा आफ्नो संगठनको नैतिक समर्थन रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS