IME Life New

के हो निर्जीवन बीमा ? पूर्ण जानकारी ।

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

निर्जिवन बीमा पनि एक निश्चित अवधिको लागि गरिने सम्झौता पत्र हो । बिमक र बिमितका बीच गरिने सुम्झौतालाई करार भनिन्छ । करार गर्दा तोकिएको निश्चित अवधिमा बीमा गरिएको सम्पत्तिको हानि नोक्सानी वा व्यक्ति आदिको मृत्यु वा अंगभंग भएमा बीमांको परिधिमा रही वास्तविक रुपमा कति हानि नोक्सानी भएको हो, त्यसको आधारमा बीमा कम्पनिले सम्बन्धित पक्षलाई क्षतिपूर्तिका रुपमा भुक्तानी गर्दछ । निर्जीवन बीमा सम्पत्तिको हानी नोक्सानी र दायित्वको जोखिमबाट मुक्त हुनका लागि गरिने करार हो ।

निर्जीवन शव्दले सम्पत्ति र दायित्व सम्बन्धि विषयलाई बोध गराएता पनि यसले मानव जीवनको केहि अंशलाई समेटेको हुन्छ । सामन्यतया चल अचल सम्पत्ति जस्तै घर, उद्योग कलकारखाना, सवारी साधन आदिको गरिने बीमा निर्जीवन बीमा हो । यस किसिमका बीमा अन्तरगत दुर्घना, औषधीपचार खर्च, तेस्रो पक्ष दायित्व, उत्पादन दायित्व, विदेश यात्रामा पर्ने जोखिम लगायतको बीमा हुन्छ ।
निर्जीवन बीमा लाई निम्न प्रकारका रहेका छन् ।
 अग्नि बीमा
 सामुन्द्रिक बीमा
 हवाई बीमा
 सवारी साधन बीमा
 विविध बीमा

Esewa
Crest

अग्नि बीमा : निर्जीवन बीमा अन्तरगत अग्नि बीमा पर्दछ । बीमा क्षेत्रमा भएको विकासगै  अग्नि बीमा गर्ने प्रचलन बढेको पाईन्छ । अग्नि बीमा भनेको भवन, भवन भित्र राखिएका सामान, मेशिनरी लगाए स्थिर सम्पत्तिका लागि गरिने बीमा हो । दुर्घटनावश ज्वाला निस्केर दुर्घटना भएको अवस्थालाई अग्नि भनिन्छ भने यस्तो अवश्थामा उक्त जोखिमबाट हुने आर्थिक क्षतिपूर्ति गरिने बीमा लाई अग्नि बीमा भनिन्छ । अग्निबाट क्षति हुँदा क्षतिपूतिका लागि बीमा गर्ने व्यक्ति र बीमा कम्पनिका बीचमा गरिने करार लाई अग्नि बीमा भनिन्छ । भविष्यमा आगलागि भएर केहि नोक्सान भयो भने के गर्ने त्यसका लागि अग्नि बीमा गरिन्छ । यदि अग्नि बीमा गरेमा बीमा कम्पनिले आगलागि भई दुर्घटनावश क्षति हुन पुगेमा बीमा कम्पनिले क्षतिपूर्ति दिने व्यवस्था गरेको हुन्छ ।

सामुन्द्रिक बीमा : व्यापार वा व्यवसाय गर्दा वा अन्य काम गर्दा एक ठाउँबाट अर्को ठाँउ सामान लैजादा दुर्घना हुन सक्छ । मालसामान एक ठाँउ बाट अर्को ठाँउ ओसारपसार गर्दा हुने क्षति बेहोरिदिने बीमालाई सामुन्द्रिक बीमा भनिन्छ। व्यवसाय गर्नेका लागि यो बीमा उपयुक्त हुन्छ।

हवाई बीमा : आज हाम्रो समाजमा जोखिम जही तही रहेका छन् । यसैगरी हवाई यातायात पनि जोखिम बाट मुक्त रहन सकेको छैन् । विभिन्न प्रकारका क्षति र नोक्सानी हुने खतरा यो क्षेत्रमा पनि व्याप्त रहेको छ । हवाई दुर्घटनामा हुने जनधन, मालसामान, आदिको हानि नोक्सानी बेहोर्ने बीमालाई हवाई बीमा भनिन्छ ।

सवारी साधन बीमा : यान्त्रिक शक्तिद्धारा सडकमा गुड्ने सवारी साधनहरु मोटरसाइकल, कार, बस जस्ता अन्य उपकरण्कहरु यस बीमा भित्र पर्दछन् । सवारी साधन दुर्घना हुने खतरा धेरै हुन्छ त्यसैले सवारी साधनको बीमा गराएर हुन सक्ने जोखिम वा क्षतिलाई कम गर्न सकिन्छ । सवारी साधन बीमा अन्र्तगत पनि निम्न छन् :
१, अनिवार्य तेस्रो पक्ष बीमा : सवारी साधा बीमामा अनिवार्य तेस्रो पक्षको बीमा गर्ने प्रावधान रहेको छ । आफनो सवारी साधनले अरुलाई हानी नोक्सानी पुर्याएम, त्यस्तो हानीको क्षतिपूर्ति दिने बीमा लाई अनिवार्य तेस्रो पक्ष बीमा भनिन्छ ।
२. व्यापक (प्योकज) बीमा : दुर्घटनाको कारण आफनो मोटरमा हुने क्षति, दुर्घटना स्थलबाट मोटर तान्ने खर्च, आफनो मोटरले अरुको मोटर, सम्पति, बटुवा वा पन्छी चौपाया आदिलाई क्षति वा हानी पुराउने अवस्थाबाट जोगिन यो बीम गरिन्छ । बीम शुल्क तिरेर सवारी चालक तथा अन्य कर्मचारी र यात्रु बीम पनि गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%
happy

खुसी

14%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

43%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS