काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले मोवाईल एप्स एक हजारभन्दा बढि सेवाग्राहीले डाउनलोड गरेका छन् । सन नेपाल लाईफले सञ्चालनमा ल्याएको मोबाईल एप्स एक बर्ष भइसकेको छ ।
गुगल प्लेका अनुसार एक हजारभन्दा बढीले उक्त एप्स् डाउनलेड गरिसकेका छन् । कम्पनीले विमितहरुलाई थप सुविधा दिन कम्पनीले मोवाईलबाटै सबै काम गर्न मिल्ने ‘सन नेपाल लाईफ इन्स्योरेन्स एप्स’ नै सञ्चालनमा ल्याएको हो ।
सन नेपाल लाईफले यस एप्सको प्रयोगबाट विमितले कम्पनीले जारी गरेका बीमा योजनाको बारेमा जानकारी लिन सक्नेछन् । त्यस्तै एप्पबाट नै बीमाको प्रस्ताव फारम भर्न सकिनेछ ।
साथै दाबीको लागी एप्सबाटै नै प्रक्रिया आगाडी बढाउनु सकिने सुविधा छ । बिमितलाई सहज र सरल रुपमा बीमा सेवा दिन कम्पनीले एप्स सञ्चालनमा ल्याएको कम्पनीले बताएको छ । बीमीतले प्रिमियम गणना गर्न पनि एप्समार्फत गर्न सक्ने सुविधा दिएको छ ।
एप्स मार्फत कम्पनीको शाखाहरुका बारेमा र पोलिसी सम्बन्धी जानकारीहरु स्पष्ट रुपमा राखिएको कम्पनीले जनाएको छ । उक्त मोबाईल एप्स् गुगल एपको स्टोरमा गएर डाउनलोड गर्न सकिन्छ ।