IME Life

सानिमा लाईफमा बैदेशिक रोजगार बीमा गरेका ३ जनाको मृत्यु, ३९ लाख ४० हजार दाबी भुक्तानी

SPIL
NIC ASIA

सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले बैदेशिक रोजगार बीमा गरेका मध्ये ३ जनाको विदेशमा काममा रहेकै बखत मृत्युवरण गरेका बीमीतको परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतकका आश्रित परिवारलाई ३९ लाख ४० हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

साथै, सानिमा लाइफ इन्स्योरेन्सले बैदेशिक रोजगार बीमा बाहेक १ बीमितको परिवारलाई २ लाख २८ हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले विरगंज स्थित मृतक बीमीत बिनादेवी शाहीको परिवारलाई उक्त रकम भुक्तानी गरेको हो । बिनादेवी शाहीको हृदयघातका कारण मृत्यु भएको थियो ।

Prabhu
Crest

कम्पनीले बैदेशिक रोजगार बीमा गरेका ३ जना र वैदेशिक रोजगार बीमा बाहेक १ जना बीमितको दाबी रकम भुक्तानी गरेको छ ।

सानिमा लाईफ इन्स्योरेन्स कम्पनीका अनुसार वैदेशिक रोजगार बीमा गरी रोजगारीको सिलसिलामा विदेशिएका मध्ये ३ जना बीमीत आत्महत्याको कारणले मृत्यु हुन पुगेका देखिएको छ ।

कम्पनीको तथ्याङक अनुसार मृत्युवरण गर्ने बीमितहरु मध्येमा महिलाको भन्दा पुरुषको संख्या धेरै देखिएको छ । एक जना महिला बीमितले मृत्युवरण गर्दा ३ जना पुरुष बीमितले मृत्युवरण गरेका छन् ।

सानिमा लाईफका नायव महाप्रवन्धक केशवराज केसीले जीवन बीमामा पछिल्लो समय दाबीको समस्या कम रहेको बताएका छन् । नयाँ कम्पनीमा दाबीको त्यस्तो ठूलो समस्या नरहेको उनले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS