IME Life New

शेयर बजारमा बाली भित्राउने मौसम सुरु हुँदै, के कुरामा ध्यान दिने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

किशानले असार महिनामा धान रोपेर केही राम्रो समय दुख गर्दा मङ्सिर महिनामा उसको मन निकै खुशी हुन्छ किनकी  महिनौको दुख प्रतिफलमा परिणत हुन्छ । सामान्यत: कम्पनीहरुले वर्ष भरी कमाएको नाफा आफ्ना शेयरधनीहरुलाई  एक पटक दिने गर्छन । लाभांस दिने क्षमता भएका कम्पनीहरुले आर्थिक वर्ष समाप्त भए पश्चात् वार्षिक साधारण सभा गर्दै शेयरधनीहरुलाई लाभांस दिने क्रम सुरु गर्छन । आर्थिक वर्ष सम्पन भए पश्चात असोज महिना तिरबाट कम्पनीहरुले वार्षिक  साधारण सभा गर्न सुरु गर्ने प्रचलन रहँदै आएको छ ।

Esewa
Crest

श्रावण महिना लागेपछि बजारमा चहलपहल वृद्धि हुने गर्छ । वर्ष भरीको लाभांश आउने समय भएकाले लगानीकर्ताले यो समयमा बढो चासो राखेका हुन्छन ।

तर,  वर्ष भरीको लाभास आउँछ भन्ने बित्तिकै यो समयमा उचालिएर शेयर किन्दा जोखिम पनि संगै जोडिएको हुन्छ । त्यसैले लगानीकर्ताले निम्न कुराहरुमा ध्यान दिनु पर्ने हुन्छ :

१. चौथो त्रैमासको रिपोर्टलाई अध्ययन गर्ने :

श्रावण १ गते बाट कम्पनीहरुले चौथो त्रैमासलो रिपोर्ट सार्वजनिक गर्न सुरु गर्छन । चौथो त्रैमासको वित्तिय प्रतिवेदनबाट लगानीकर्ताहरुले कम्पनीहरुको गत आर्थिक वर्ष भरिकै अवस्था थाहा पाउन सक्छन । त्यसैले चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक भएसङै लगानीकर्ताले सुक्ष्म हिसाबले कम्पनी अध्ययन गर्नु पर्छ । राम्रो प्रदशन गरेका र ग्रोथ राम्रो भएका कम्पनीहरु आफ्नो पोर्टफोलियोमा राख्दै जानु पर्छ भने सम्भावना कम भएका कम्पनीहरुलाई आफ्नो पोर्टफोलियोबाट हटाउदै लगेको बेस हुन्छ। यसरी लगानीकर्ताले शेयर खरिद गर्दा ढिलो गर्नु हुँदैन।  लाभांस प्रस्ताव गर्नु अघि राम्रो कम्पनीको शेयर खरिद गर्दा लगानीकर्तालाई केही लाभ हुन सक्छ।

२.राम्रा कम्पनीको शेयर लाभांस प्रस्ताव अघि नै आत्तिएर बिक्री नगर्नुस  :

लाभास घोषणा भएपछि कम्पनीको बजार मुल्य केही बढ्ने सम्भावना हुने र त्यो बेलामा खरिदकर्ता पनि राम्रो उपस्थित हुने भएकाले  राम्रा ,सबल  र सम्भावन राम्रो भएका कम्पनीको शेयर बेच्न हतार गर्नु  हुँदैन  ।

३. लाभांस घोषणा हुने बित्तिकै आत्तियर नक्किनुस

कुनै कम्पनीले लाभांस  घोषणा हुने बित्तिकै लगानीकर्ताहरु निकै उत्साहित हुन्छन र महङ्गो मूल्य हालेर पनि शेयर किन्न आतुर हुन्छन । शेयर बजारमा अत्याधिक “इन्साईडर ट्रेडिङ ” हुने भएकाले लाभांस  घोषणा हुनु अघि केही सुचना बाहिर आईसकेका हुन्छन । साधारण लगानीकर्ताले सार्वजनिक रुपमा सुचना पाउनु अघि नै केही समुहले उक्त कम्पनीको शेयर कारोवार गरिसकेका हुन्छन र तपाईले किन्ने समयमा उनीहरु शेयर बेच्न पनि पछी पर्दैनन । सो कारणले तपाईले शेयर किने पछि बजार मुल्य घट्न पनि सक्छ ।

४. कम्पनीको ईतिहास हेर्नुस

कुनै कम्पनीहरु समयमै वार्षिक साधारण सभा नगर्ने खालका हुन्छन भने केहीले समयमै वार्षिक साधारण सभा गर्छन । लाभांसको सिजन सुरु भयो भन्ने  बित्तिकै सबैले पुस मसान्त भित्र नै साधारण सभा गर्छन भन्ने होइन । पहिलाको वर्षहरुका साधारण सभाको ईतिहास हेरेर पनि समयमा साधारण सभा गर्न सक्ने कम्पनीहरुको सुची निकाल्न सकिन्छ।

५. जोखिम न्यूनीकरण सधै गर्नुस :

जति नै राम्रो सिजन सुरु भयो भने पनि हामीले दोश्रो बजारमा जोखिम न्यूनीकरणलाई जोड दिनै पर्छ । हामीले जहिले पनि दोश्रो बजारबाट खरिद गरिएका शेयरहरुमा “पोर्ट्फोलियो व्यवस्थापन” गर्ने पर्छ । एउटै कम्पनीको शेयर वा एउटै सेक्टरका कम्पनीहरुको शेयर मात्र राख्नु भन्दा अलिकता लगानीलाई विभिन्न सेक्टरका विभिन्न कम्पनीहरुमा केन्द्रित हुनु पर्छ  ।

६. बोनस भन्ने बित्तिकै नमात्तिने

यहाँ कम्पनीको संचालक समितिले बोनस शेयर प्रस्ताव गर्ने बित्तिकै निकै खुशी हुने ठुलो जमात छ । १०० कित्ता शेयर कम्पनीले २० प्रतिशत बोनस शेयर दिएको अवस्थामा १२० कित्ता हुन्छ भनेर बोनसको लोभमा आक्रामक शेयर किन्ने जमात पनि ठूलो छ । लगानीकर्ताले कम्पनीले  बोनस शेयर प्रयोजनार्थ बुक क्लोजको दिन मूल्य समायोजन हुने गर्छ भन्ने कुरा पनि ख्याल राख्नु पर्छ।

७.अन्य कुरालाई पनि ध्यान दिने  :

दोश्रो बजारमा यस्तो ठाउँ हो जहाँ कम्पनीको प्रगती र कम्पनीले दिने लाभांसले मात्र सबै कुरो चल्दैन । बजारलाई धेरै कुराले असर पुर्याएको हुन्छ । बजारमा तरलता अभाव भएको अवस्थाम जति नै राम्रो कम्पनीहरु भएपनि बजारले ठुलो “बुल” समात्न गाह्रो मान्छ । त्यस्तै मौद्रिक नितीले बजरको दिशालाई मार्ग निर्देशन दिन सक्छ । यस्ता विभिन्न कुराहरुलाई पनि लगानीकर्ताले सूक्ष्म हिसाबले हेर्नू पर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS