Connect IPS
IME Life

प्रभु लाइफको साधारणसभा सम्पन्न, ६० करोड रुपैयाँको आईपीओ ल्याउने

SPIL
NIC ASIA new
Sanima Reliance

प्रभु लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा २०७४–७५ को वार्षिक प्रतिवेदनमा, नाफा नोक्सान हिसाबकिताब लगायतका एजेन्डामा छलफल गरी पारित गरिएको छ ।

यस्तै, सभामा लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि अनुमोदन भएको छ । कम्पनीले साभा मार्फत ६० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न परे सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित भएको छ । हाल यस इनसयोरेन्सकोे १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी छ । कम्पनीले बीमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन अब कम्तिमा पनि ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नु पर्नेछ । गत वर्ष जेठमा बसेको साधारण सभाले यो आइपीओ ल्याउने प्रस्ताव पारित समेत गरिसकेको छ ।

प्रभु लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासन गर्न अझै धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृति पाए पश्चात आइपीओ निष्काशन प्रक्रिया सुरु हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS