IME Life New

ज्योति लाइफले संचालनमा ल्यायो “ज्योति केयर्स” कार्डवाहकले ३०% सम्म नगद छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ज्योति लाइफ इन्स्योरेन्सले “ज्योति केयर्स” संचालनमा ल्याएको छ । इन्स्योरेन्सले जीवन बीमा सेवाको अतिरिक्त अन्य सेवा सुविधा विस्तार गरी ग्राहक सेवा केन्द्रीत योजना संचालन गर्ने क्रममा “ज्योति केयर्स” सेवा संचालनमा ल्याएको हो । पत्रका भेटघाट कार्यक्रम मार्फत उक्त सेवाको सुरुवात गरेको हो ।

कम्पनीको प्रधान कार्यलय शान्ता प्लाजा ज्ञानेश्वर आफ्नै सेमिनार हलमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष नन्द किशोर शर्माले उक्त सेवाको उद्घाटन गरे ।
कार्यक्रममा ज्योति केयर्सको अवधारणाच, कार्ड वितरण हुने मापदण्ड तथा कार्डबाहकले पाउने सेवा सुविधा ज्योति केयर्सको माध्यमबाट सुविधा प्रदान गर्न हालसम्म सम्झौता भएका साझेदार कम्पनीहरुको बारेमा जानकारी गराएको थियो ।

Esewa
Crest

कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष शर्माले कम्पनीको अवस्था, व्यवसाय तथा कम्पनीको सुरुवातदेखि नै घातक रोग उपचार सुविधा लगायत नयाँ नयाँ विषेशता भएका बीमा योजनाहरु सार्वजनिक गर्दै बीमितहरुलाई सेवा प्रदान गर्दै आएको बताए ।

साथै, आगामी दिनमा पनि नयाँ नयाँ योजनाहरु मार्फत बीमितलाई बीमा सेवा प्रदान गर्ने कुराको जानकारी दिए ।

त्यस्तै कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनी संचालनमा आएको २ वर्षभन्दा कम अवधिमै कम्पनीप्रति जनमानसबाट प्राप्त भएको विश्वासले गर्दा बीमा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएकाले ग्राहकको सुविधाका लागि यो सेवा ल्याएको जानकारी दिए । भविष्यमा पनि थप सुविधा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्डका विषेशताहरु :
एउटै कार्डबाट विभिन्न साझेदार संस्थाहरु( अस्पताल, होटल, एयरलायन्स, रिसोर्ट, सिनेमा हल लगायत अन्य साझेदार संस्था)मा विशेष छुट तथा प्रथामिकता ।

कार्डको लागि कुनै अतिरित्त शुल्क तिर्नु नपर्ने

नेपालका सबै देशका सेवा प्रदायकहरुसँग साझेदारी मार्फत बीमितहरुलाई समेट्न सकिने

कार्ड पाउन योग्य व्यक्तिहरु :

५ लाख वा सोभन्दा बढीको बीमाङक , सावाधिक जीवन बीमा गर्ने सबै बीमित तथा प्रस्तावकहरलाई दिइने

कम्पनीले तोके अनुरुप मापदण्डभित्र पर्ने अभिकर्ताहरु

कम्पनीका स्थायी कर्मचारीहरु

कार्डवाहकले कतिसम्म पाउँछन् छुट ?

सम्झौतामा उल्लेख भए बमोजिम सेवा प्रदायकले दिने सेवामा ५ प्रतिशतदेखि ३० प्रतिशतसम्म नगद छुट, सेवामा विशेष प्रथामिकता

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS