IME Life New

राष्ट्रिय बीमा संस्थानद्धारा जीवन बीमा अभिकर्ता पुनर्ताजगी तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

राष्ट्रिय बीमा संस्थानले राजधानीको बानेश्वर स्थित अल्फा बीटा कम्प्लेक्समा ‘जीवन बीमा अभिकर्ता पुनर्ताजगी तालिम तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरेको छ ।

कार्यक्रममा जीवन बीमा अभिकर्तासँग छलफल तथा अन्तरक्रिया भएको थियो । त्यस्तै, संस्थानमा निरन्तर कार्यरत उत्कृष्ट अभिकर्ताहरु सहभागी भएका थिए । छलफलका क्रममा अभिकर्ताका समस्या तथा समाधानका उपायबारे आपसी वार्तालाप भएको थियो ।

Esewa
Crest

जीवन बीमा गर्ने अभिकर्ताको सेवा, शर्त र सुविधा सम्बन्धी छलफल भएको थियो । नयाँ जीवन बीमा योजनाहरुको पहिचान, विद्यमान नीति–नियम, कार्यविधि र निर्देशिकाहरुमा अध्यावधिक गर्नुपर्ने विषयमा छलफल केन्द्रीत थियो ।

कार्यक्रममा राष्ट्रीय बीमा संस्थानका प्रशासक कविप्रसाद पाठक, नायव महाप्रबन्धक महेश रिमाल लगायत व्यवस्थापक, अभिकर्तासंघका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो । करीब ८० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS