IME Life New

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको नायब प्रमुख कार्यकारी अधिकृतमा टी. बर्णवाल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले मिति २०७६ जेष्ठ २० गतेबाट लागू हुने गरी कम्पनीको  नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा  टी. बर्णवाललाई नियुक्त गरेको छ ।

Esewa
Crest

अभिजित घोष दस्तिदारले आफ्नो कार्यकाल पुरा गरी एलआईसी अफ इण्डियाको प्रधान कार्यालय मुम्बई सरुवा भएपछि सो रिक्त पदमा बर्णवाललाई नियुक्त गरिएको हो ।

बि.कम.(अनर्स) र चार्टड एकाउन्टेन्टको अध्ययन पुरा गर्नु भएका  बर्णवाल नेपाल आउनु अघि एलआईसी अफ इण्डियाको डिभिजन म्यानेजरको पदमा कार्यरत थिए ।

उनले एलआईसी अफ इण्डियामा सन् १९९८ मा अधिकृतस्तरबाट आफ्नो सेवा प्रारम्भ गरी वित्त तथा लेखा, प्रशासन र मार्केटिङ विभागहरुमा २१ वर्षको कार्यानुभव संगालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS