सिटिजन्स बैंकको प्रवक्तामा उमगं शर्मा लाई नियुक्त गरिएको छ । लामो समय देखि बैंकिङ क्षेत्रमा योगदान दिदै आएकी शर्मा लाई एक अनुभवि बैंकरका रुपमा पनि चिनिन्छ । बैंकको स्थापना काल देखि नै कार्यरत रहेकी शर्माले आफ्नो कार्यकाल भरि उल्लेख्य कामहरु गर्दै आएकी छिन् ।
यस समयमा उनले कर्जा विभाग अन्तर्गत उपभोक्ता बैकिंङ युनिट, सस्थागत कर्जा, एसएमई जस्ता क्षेत्रमा उल्लेख्यनिय काम गरेकी छिन् । हाल उनी अन्तर्गत सामान्य सेवा विभाग, मानव संसाधन विभाग र कर्पोरेट कम्युनिकेशन विभाग रहेका छन् ।बैंकले देशका विभिन्न भागमा फैलिएका आफ्ना ७८ शाखा, ७० वटा एटीएम र ९९ वटा शाखा रहित बैकिङ इकाई बाट आधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको छ ।