IME Life New

नेप्से ३ प्रतिशतले बढ्यो, इन्स्योरेन्स र माईक्रोफाईनान्स सर्वाधिक बढे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: आज साताको अन्तिम दिन बजारले ३ प्रतिशतको वृद्धि हासिल गरेको छ। नेप्से परिसूचक बुधवारको तुलनामा ३६ अङ्कले बढेर १२२४ दशमलव ४१ को बिन्दुमा आएको छ।
आज इन्स्योरेन्स परिसूचकमा ५ दशमलव ४३ प्रतिशतको वृद्धि देखिएको छ भने माईक्रोफाईनान्स परिसूचकमा ५ दशमलव ५४ प्रतिशतको वृद्धि देखिएको छ। आज उत्पादनमुलक कम्पनीहरूको परिसूचक बाहेक सबै परिसूचकहरु हरियो देखिएका छन्।
६० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन भएकाले आज नेशनल लाईफ इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार भएको छ। आज नेशनल लाईफ इन्स्योरेन्सको मात्रै ३ करोड ७५  लाख बराबरको शेयर किनबेच भयो। आज सबै भन्दा धेरै कमाउनेमा युनाईटेड इन्स्योरेन्स पर्छ। आज युनाईटेड इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखियो।
आज कारोबार रकममा पनि वृद्धि देखिएको छ। आज दिन भरमा ४६ करोड २० लाख बराबरको शेयर किन बेच भयो। बजार सुस्ताएको बेला आज एक्कासि कारोबार रकम र नेप्से परिसूचकमा वृद्धि देखिएको छ। मौद्रिक नीति नजिकिँदै जाँदा मौद्रिक नीतिको प्रभाव बजारमा परेको हुन सक्ने आकलन गर्न सकिन्छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS