काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को मुख्य प्रायोजक समेत रहेको सिद्धार्थ बैंक लिमिटेडमा ०.५ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व धारण गर्ने कुल ३५ जना शेयरधनीहरू रहेका छन्।
ठूला शेयरधनीहरूमध्ये प्रुडेन्सियल इन्भेष्टमेण्ट कं. प्रा. लि. सबैभन्दा अगाडि रहेको छ, जसको बैंकमा ३.२३ प्रतिशत अर्थात ४७ करोड ८० लाख ८९ हजार ९ सय रुपैयाँ बराबरको शेयर स्वामित्व रहेको छ।
दोस्रो ठूलो शेयरधनीका रूपमा रहेका नरेन्द्र कुमार अग्रवालको २.९५ प्रतिशत अर्थात ४३ करोड ६५ लाख १९ हजार २ सय रुपैयाँ बराबरको शेयर स्वामित्व छ। त्यसैगरी, तेस्रो स्थानमा रहेका रतनलाल केडियाको २.४८ प्रतिशत अर्थात ३६ करोड ७२ लाख ५८ हजार ९ सय रुपैयाँ बराबरको स्वामित्व रहेको छ।
सूचीको चौथो स्थानमा सविता केडियाको स्वामित्व गत वर्षको १.९२ प्रतिशतबाट बढेर यस वर्ष २.०९ प्रतिशत अर्थात ३० करोड ९१ लाख ९० हजार रुपैयाँ पुगेको छ भने पाँचौं ठूलो शेयरधनी पवन कुमार अग्रवालको बैंकमा १.७६ प्रतिशत अर्थात २६ करोड ८ लाख २९ हजार ९ सय रुपैयाँ बराबरको शेयर स्वामित्व रहेको छ।













