IME Life New

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका लागि N–Tag कुमारी बैंकमा उपलब्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि N–Tag को बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको छ । N–Tag  एक विद्युतीय टोल भुक्तानी प्रणाली हो, जसले सवारीधनीहरूलाई टोल बुथमा नरोकिई छिटो, सहज तथा नगदरहित रूपमा टोल शुल्क भुक्तानी गर्न सक्षम बनाउँछ ।

अर्थत, N–Tag को स्टिकर सवारिमा टासेपछि ल्–त्बन बाट आफैँ रकम कट्टा भई सुरुङमार्गहुँदै यात्रा गर्न सकिनेछ जसले टोलमा हुने भीडभाड र लामो लाइनको झन्झट कम हुनेछ र यात्राको समय पनि बचत गर्नेछ ।

Esewa
Crest

ग्राहकहरूले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो तथा मोबाइल नम्बरका साथ नजिकको कुमारी बैंक शाखाबाट सहज रूपमा N–Tag प्राप्त गर्न सक्नेछन् । साथै, N–Tag सम्बन्धी थप जानकारी कुमारी बैंकको वेबसाइटमा हेर्न सकिनेछ भने उक्त वेबसाइटमार्फत नै अनलाइन N–Tag दर्ता गर्ने प्रक्रिया पनि पूरा गर्न सकिनेछ ।

डिजिटल भुक्तानी तथा आधुनिक बैंकिङ्ग सेवाको विस्तारलाई निरन्तरता दिँदै आएको कुमारी बैंकले सम्पूर्ण सवारीधनीहरूलाई “टोलमा नरोकी, समय बचाई र थप सहज यात्रा गर्न” कुमारी बैंकबाट आजै N–Tag जडान गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS