काठमाडौं । यती एयरलाइन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ( सीइओ) पदमा युवराज बिष्ट नियुक्त भएका छन् ।
सीइओ पदबाट सुवास सापकोटाले राजीनामा दिएपछि विष्ट सीइओ नियुक्त भएका हुन् । दैलेख जन्मस्थल भएका विष्ट यसअघि यती एयरलाइन्समा रेस्पोन्सिबल अफिसर र प्रमुख व्यवसायीक अधिकृतको जिम्मेवारीमा थिए।
२०८० असोज २८ गते यती एयरलाइन्सको सीइओ पदमा नियुक्त सापकोटा तीन वर्ष एक महिना यो पदमा कार्यरत रहे।
यती एयरलाइन्सको संचालक समिती अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र संचालक दीपक कुमार श्रेष्ठको उपस्थितिमा विष्टको पदस्थापना र सापकोटाको बिदाई गरिएको थियो ।











