काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चन्द्र प्रसाद ढकाल सार्क उद्योग वाणिज्य सङ्घ (सार्क सीसीआई) को पर्यटन समितिको संयोजकमा नियुक्त भएका छन् ।
माल्दिभ्समा सम्पन्न सार्क सीसीआईको ८८औँ कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो। ढकालले आफूलाई यो क्षेत्रीय जिम्मेवारी सुम्पिएकोमा सार्क चेम्बर परिवारप्रति आभार व्यक्त गरेका छन् ।











