IME Life New

बल्खु–हेटौंडा सडकखण्डमा कडाइ, राति ८ बजेपछि र बिहान ५ बजेअघि यात्रुवाहक सवारी चलाउन नपाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मकवानपुरको भीमफेदीस्थित चिसापानी गढीमा हालै भएको दर्दनाक माइक्रोबस दुर्घटनालगत्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खु–दक्षिणकाली–हेटौंडा सडकखण्डमा चल्ने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारी साधन सञ्चालनमा कडाइ गरेको छ ।

बढ्दो सवारी दुर्घटना र त्यसबाट हुने भयावह मानवीय क्षतिलाई न्यूनीकरण गर्न जिल्ला सुरक्षा समिति काठमाडौंको निर्णयअनुसार प्रशासनले शुक्रबार (कात्तिक २७) अत्यन्त जरुरी सूचना जारी गर्दै सवारी सञ्चालनको नयाँ समय तालिका र मापदण्ड लागू गरेको हो ।

Esewa
Crest

प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलद्वारा हस्ताक्षरित सूचनाअनुसार अब काठमाडौंबाट बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुवाहक सार्वजनिक सवारी साधनहरू बेलुका ८ बजेसम्ममा फर्पिङस्थित प्रहरी चेकपोष्ट पुगिसक्नुपर्नेछ । त्यस्तै, बिहान ५ बजेपछि मात्र बल्खुबाट उक्त रुटमा चल्ने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारी साधनहरू सञ्चालन गर्न पाइनेछ ।

प्रशासनले यात्रुवाहक सवारी साधनहरूको यान्त्रिक अवस्थाको पूर्ण रूपमा चेकजाँच गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । साथै, काठमाडौं जिल्लाभित्र उक्त रुटमा पर्ने ट्राफिक प्रहरीसहितका प्रहरी युनिटहरूलाई कडाइका साथ प्रत्येक सवारी साधनको अनिवार्य चेकजाँच गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

छठ पर्व मनाउन काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी माइक्रोबस बिहीबार बिहान भीमफेदी गाउँपालिका–६, चिसापानी गढीमा भिरबाट खस्दा एकै परिवारका ६ जनासहित १४ जनाको ज्यान गएको दर्दनाक घटनापछि प्रशासनले यो कदम चालेको हो ।

प्रशासनको सूचनामा साँघुरा, भिरालो र घुम्तीयुक्त सडक, यान्त्रिक अवस्था ठिक नरहेका सवारी साधनको प्रयोग, चालकको लापरवाही, तीव्र गति र रातको समयमा अँध्यारो सडकमा यात्रा गर्दा जोखिम उच्च रहेको उल्लेख छ । विशेषगरी तीव्र प्रतिस्पर्धाका कारण चालकले एकै दिनमा पटक–पटक ट्रिप गर्दा हुने अत्यधिक तनाव, अनिद्रा तथा मादक एवं लागुपदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिले गम्भीर दुर्घटना दोहोरिएको प्रशासनको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS