IME Life New

टाइम म्यागजिनको ‘टाइम १०० क्लाइमेट ’ सूचीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समावेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको प्रतिष्ठित टाइम म्यागजिनले सार्वजनिक गरेको सन् २०२६ को विश्वका १०० प्रभावशाली जलवायु नेताहरू  ‘टाइम १०० क्लाइमेट’ को सूचीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले परेका छन्। उक्त सूचीमा पर्ने वाग्ले विश्वकै एक मात्र अर्थमन्त्री हुन्।

नेपालजस्ता कम हरितगृह ग्यास उत्सर्जन गर्ने तर जलवायु परिवर्तनको उच्च जोखिममा रहेका विकासोन्मुख देशहरूको अधिकार र क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा निर्वाह गरेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै टाइमले उनलाई यो सूचीमा समावेश गरेको हो।

Esewa
Crest

हालै नेपालमा हिमनदी ताल फुटेर आएको बाढी तथा विपद्पछि जलवायु वित्त र अन्तर्राष्ट्रिय सहयोग जुटाउन उनले गरेको पहललाई विशेष रूपमा रेखाङ्कन गरिएको छ।

वाग्लेले दीगो विकास र वातावरणमैत्री आर्थिक नीतिको क्षेत्रमा लगातार काम गर्दै आएका छन्।

विश्वव्यापी जलवायु परिवर्तनको सामना गर्न व्यवसाय र नीतिनिर्माणका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने प्रभावशाली व्यक्तिहरूलाई टाइम म्यागजिनले यस सूचीमा समावेश गर्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS