IME Life New

तिहार विशेष उपहारमा बीमा पोलिसी उत्तम ! भविष्यमा दरिलो सारथी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तिहार नेपालीहरुको महान पर्व दसैँ पछाडीको मुख्य चाड हो । यो पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन (काग तिहार) देखि कात्तिक शुक्ल पक्षको द्वितिया तिथिको भाइटीका (पाँच दिन) सम्म मनाईन्छ । नेपाली समाजमा मानिने चाड मध्येको एक मुख्य चाड हो तिहार । तिहारलाई फुलै फुलको पर्वका रुपमा पनि लिने गरिन्छ । तिहार दाजुभाइ–दिदीबहिनीबीचको सम्बन्ध सुमधुर बनाउने पर्व पनि हो ।

सेलरोटी, देउसी, भैलो खेल्ने, लक्ष्मीको पूजा गर्ने तथा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर यो पर्व सकिन्छ । पाँच दिन सम्म मनाईने तिहारको पाँचौ दिन भाइतिहार (भाइटीका) हिन्दु धर्मालम्विहरुले तिहारको अन्तिम दिन अर्थात कात्तिक शुक्ल द्वितीया तिथिको दिनलाई विशेष दिनका रुपमा लिने गर्दछन् । यो दिनमा विशेष त दिदीभाइ तथा दाजु बहिनिले एक आपसमा विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मनपर्ने कुरा ख्वाई मनाउने गर्दछन् । दाजु भाईहरुले दिदीबहिनीलाई दान, दक्षिणा एवं विभिन्न खालका उपहार दिने परम्परा पनि रहेको पाईन्छ ।

Esewa
Crest

भाइटिकामा दिदिबहिनिहरुले आफ्ना दाजुभाइहरुको लामो दीर्घायु तथा उन्नत्तिको कामना गर्छन् । आफ्ना दाजुभाईहरुलाई मनपर्ने खाने कुराका साथमा मनपर्ने विभिन्न उपहारहरु दिने गर्दछन् । अनि दाजुभाइहरुले पनि आफ्ना दिदी बहिनीहरुलाई दक्षिणाका साथै केही उपहारहरु दिन्छन् । जुन उपहारहरु लामो समयसम्म सम्झन लायक होस् भनेर भन्न चाहन्छन् ।

दीर्घायु र सफलताको कामना गर्ने आफ्ना प्यारा दिदी बहिनीलाई उनीहरुको भविष्यमा पर्न सक्ने खतरालाई न्यूनिकरण गर्न सघाँउ पुगोस भन्ने हेतुले यो तिहारमा भने बीमा पोलिसी उपहार दिने योजना बनाउँदा दाजुभाइहरुका लागि लामो समयसम्म स्मरण पनि हुन्छ भने त्यसले दिदी बहिनीहरुलाई भविष्यमा आईपर्ने गर्जो टार्न समेत मद्दत पुग्दछ । भान्जाभान्जीको अध्ययन खर्चदेखि, विभिन्न् कर्महरुका लागि समेत दाजुभाइले तिहारमा दिएको बीमा पोलिसी एउटा समाधान बन्न सक्नेछ ।

वर्ष दिनमा मनाईने पर्वमा नेपालीहरुले धेरै अनावश्यक खर्च गर्ने गर्छन् । सरसापट गरेर भए पनि देखावटि रुपमा पर्व मनाउने गर्छन् । भाइटीकामा आफ्ना दाजुभाइ तथा दिदी बहिनीहरुलाई बीमा पोलिसी उपहार दिँदा उत्तम हुन सक्छ । अन्य सामान तथा जिन्सी उपहार दिँदा थोरै समयसम्म मात्रै हुने तर बीमा पोलिसी भविष्यको लागि दरिलो सारथी बन्न सक्छ । भोलि जोखिम आएको खण्डमा वा दुःखमा पनि बीमाले राहत दिने भएकाले बीमा पोलिसी उपहर दिँदा महत्वपुर्ण हुन सक्छ ।

बीमा मानव जीवनको लागि धेरै महत्वपुर्ण कुरा हो । बीमाले आजको वर्तमान जीवनमा आइपर्ने जोखिम तथा भविष्यमा पर्ने संकटमा पनि राहत प्रदान गर्ने गर्दछ । यसकारण पनि क्षणिक समयका लागि मात्रै नभई दिर्घकालिन समयका लागि हुने उपहार दिनु दुर्व पक्षका लागि फाइदा हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS