काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. राजन विक्रम थापाले आज कात्तिक १९ गतेबाट पदभार सम्हालेका छन् । उनले पदभार सम्हाल्ने क्रममा कर्मचारीहरुलाई आन्तरिक सुशासन कायम गर्न र बीमाको पहुँच विस्तारमा लाग्न निर्देशन दिएका हुन् ।
अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा गत मंगलबार बसेको मन्त्रीपरिषद बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो । बुधबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराएका थिए । ।











