काठमाडौं । अपी पावर कम्पनीले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ६ अर्ब ३७ करोड ९७ लाख २४ हजार १९९ रुपैयाँको कुल ५.२६३२ प्रतिशतले लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशतले हुन आउने ३१ करोड ८९ लाख ८६ हजार २०९.९५ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने १ करोड ६७ लाख ८८ हजार ७४७.८९ प्रतिशत नगद लाभांश छन्।
यो लाभांश विद्युत नियमन आयोगको स्वीकृतिमा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कम्पनीले शेयरधनीहरुलाई वितरण गर्नेछ।











