IME Life New

तिहारका लागि आजदेखि सुनको असर्फी र चाँदीको मेडालियन बिक्री गर्दै राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको तिहारका लागि आज कात्तिक १९ गतेदेखि सुनको असर्फी र चाँदीको मेडालियन बिक्री गर्ने भएको छ।

काठमाडौं बबरमहलस्थित केन्द्रीय बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री गरिने भएको हो। ग्राहकले आज र भोलि कात्तिक २० गते महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सुनको असर्फी र चाँदीको मेडालियन किन्न सक्नेछन्।

Esewa
Crest

प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान तथा १० ग्रामको चाँदीका मेडालियन (लक्ष्मी र गणेश अंकित) १–१ थान (बढीमा २ थान मात्र) बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ। असर्फी र मेडालियन खरिदका लागि नेपाली नागरिक वा राष्ट्रिय परिचयपत्र वा ती कागजातको नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ। भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

असर्फी तथा मेडालियनको मूल्य दैनिक रुपमा बिहानको करिब ११ बजेपश्चात निर्धारण हुने भएकोले मूल्य निर्धारणपश्चातमात्र बिक्री कार्य सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS