काठमाडौं । एनआईसी एसिया बैंकले हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डले आज एनआईसी एसिया बैंकलाई हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो। बैंकले हाल कायम चुक्तापुँजीको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ।
अब बैंकले १०० अंकित दरका कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि जारी गर्नेछ। बैंकको हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।











