काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ।
अर्थमन्त्री वाग्ले र विदेश सचिव मिश्रीबीच आज अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो। भेटमा दुवैजनाले दुई देशबीच आर्थिक सहकार्यका विभित्र विषयमा छलफल गरेका छन्।
भेटमा अर्थसचिव डा घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरु सहभागी थिए।












