IME Life New

महिलाका लागि कार्यस्थल सुरक्षा र विभेद निवारणमा बीमा कम्पनीहरू कमजोर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालका अधिकांश बीमा कम्पनीहरूले कागजमा समान अवसरको नीति अपनाएको दाबी गरे पनि कार्यस्थलमा महिलाको सुरक्षा र निष्पक्ष अवसरका लागि चाहिने व्यावहारिक संयन्त्र भने बनाउन सकेका छैनन्।

नेपाल बीमा प्राधिकरणको “इन्स्योरेन्स थ्रु अ जेण्डर लेन्सः अ फेमा मिटर एसेसमेण्ट इन नेपाल”  विषयक अध्ययन प्रतिवेदनले कम्पनीहरूको आन्तरिक नीतिगत कमजोरी उजागर गरेको छ।

Esewa
Crest

अध्ययनमा समेटिएका कुल ३५ बीमा कम्पनीहरूमध्ये ३१ वटाले आफूसँग समान अवसर रोजगार नीति रहेको बताएका छन्। तर २१ वटा कम्पनीले मात्र आफ्नो कर्मचारी भर्ना रणनीतिमा लैंगिक विविधतालाई समेटेका छन्। अझ पदोन्नति र क्षमता विकासका अवसरहरूमा लैंगिक सन्तुलन छ वा छैन भनेर पुनरावलोकन गर्ने कम्पनीको संख्या भने जम्मा ३ वटा मात्रै छ।

यस्तै कार्यस्थलमा हुन सक्ने यौन उत्पीडन विरुद्धको नीति १५ वटा कम्पनीसँग मात्र छ भने विभेद विरुद्धको नीति पनि १५ वटा कम्पनीले मात्र बनाएका छन्। जीवन बीमा क्षेत्रका १४ मध्ये ५ वटा कम्पनीमा मात्र यौन उत्पीडन विरुद्धको नीति छ भने अन्य ४ वटाले बनाउँदै गरेको बताएका छन्। लघु निर्जीवन बीमाका कुनै पनि कम्पनीले भर्ना प्रक्रियामा लैंगिक विविधता समेटेका छैनन्।

यसले बीमा कम्पनीहरूमा नीतिगत प्रतिबद्धता र कार्यान्वयनबीच ठूलो अन्तर रहेको देखाउँछ। बीमा प्राधिकरणले सम्पूर्ण कम्पनीहरूलाई विविधता, समता र समावेशीकरण नीति तुरुन्त लागू गर्न र नियमनकारी निकायले पनि सोही अनुसार अनुगमन गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS