IME Life New

नेपालकै पहिलो बैंक-नेपाल बैंकले एफपिओ निष्कासन अनुमति पायो, प्रतिकित्ता २८० रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपालकै पहिलो बैंक नेपाल बैंकलाई नेपाल धितोपत्र बोर्डले एफपिओ निष्कासनकालागि अनुमति दिएको छ। बैंकले आधार मुल्य(फेसभ्यालु) प्रतिकित्ता एक सय रुपैयाँमा एक सय ८० रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता दुई सय ८० रुपैयाँमा एफपिओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको छ।

बैंकले चार अर्ब ९५ करोड १७ लाख ६० हजार २४० रुपैयाँ बराबरका एक करोड ७६ लाख ८४ हजार आठ सय ५८ कित्ता एफपिओ निष्कासनका लागि बोर्डबाट अनुमति पाएको हो। धितोपत्रबोर्डले जारी गरेको सूचना अनुसार एफपिओ निष्कासनको स्वीकृति अषाढ १ गते नै दिएको हो, तर शुक्रबार ढिला निर्णय भएको कारण आज मात्र जानकारी गराईएको हो ।

बैंकको शेयर मूल्य गत बिहीबार दोस्रो बजारमा प्रतिकित्ता तीन सय १४ रुपैयाँमा झरेको थियो। आइतबार बजार खुल्नासाथ बैंकको प्रतिकित्ता मूल्य चार रुपैयाँ थप घटेर तीनसय ०९ रुपैयाँमा कारोबार भैरहेको छ। पछिल्लो बजार मूल्य र एफपिओको मुल्य बीचको फरक प्रतिकित्ता २९ रुपया मात्र रहेको छ, बैंकको  शेयरमा अहिले खरिदकर्ताको चाप देखिन्छ ।

Esewa
Crest

बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ जसमा सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत शेयर स्वामित्व छ। एफपिओ निष्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२ बाट घटेर ५१ प्रतिशतमा आउने छ।

एफपिओ निष्कासनपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड पुग्ने छ। प्रिमियममा आएको रकम जगेडा कोषमा बस्ने छ। नेपाल बैंकले एफपिओ निष्कासन को निस्कासन तथा बिक्रि प्रबन्धक मा सिद्धार्थ क्यापिटल रहेको छ, पछिल्लो पटक बजारको घट्दो अवस्था तथा एफपिओ को लहरको कारण एफपिओ बिक्रि हुने सम्भावना कम छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS