IME Life New

डिजिटलाइजेसनको सुुरक्षाः बीमा व्यवसाय र आवश्यकता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

  • सुभाष कोईराला

आजको युुग सूूचना प्रविधिको युुग भएकोले समयसापेक्ष सुुरक्षा प्रविधिका विविध अवयवहरुको प्रयोगले यस क्षेत्रको व्यवसायलाई पनि चुुस्त बनाउनु जरुरी देखिएको छ। विगतमा सूूचना प्रविधि तथा जोखिमको न्यूनीकरण गर्न लगानीसमेत नहुुने परिपाटीले सूूचना र तथ्यांकको अस्पष्टपना र दोहोरोपना भई सही रुपमा विश्लेषण गर्न चुुनौती रहेको देखिएबाट वर्तमान अवस्थामा बीमा क्षेत्रमा विभिन्न अनलाइन तथा अफलाइन सफ्टवेयरहरुको प्रयोग भई कार्यरत भइरहेको पाइएको छ।

आज सुुरक्षा प्रणाली र प्रविधि प्रयोग गरी आफूूलाई अब्बल देखाउनसमेत उचित बजेट व्यवस्थापन गरि लाभ लिने गरिएको देखिन्छ। योे प्रविधिले सेवाग्राहीको विविध सूूचना र उनीहरुको जोखिमप्रति कम्पनीले लिने उत्तरदायित्व भएकोले सोको सुुरक्षा तथा गोपनीयता कायम राख्न गरिने प्रक्रियागत विषय हो भनि मान्न सकिन्छ। यसै क्रममा बीमा समितिबाट समेत समयसापेक्ष आफूलाई परिवर्तन गर्न आवश्यक ठानी केन्द्रीय रुपमा सूचना आदानप्रदान गर्न तथा सूूचनामा एकरुपता ल्याई सही तथ्यांकको प्रयोग र विश्लेषण गर्दै अघि बढ्नका लागि स्वीकृत प्रदान गरिएका कम्पनीहरुसँग एकीकृत भई कार्य गर्ने जमर्को गरेको देखिन्छ।

Esewa
Crest

हाल विविध कम्पनीहरुले व्यवसाय गर्नका लागि विभिन्न प्रकारका अनलाइन सफ्टवेयरमार्फत सूूचना संरक्षण गर्ने गरेका भए पनि अन्य खालका अनलाइन र अफलाइन सफ्टवेयरहरुसमेत सँगसँगै प्रयोग गरी आफूूलाई सूूचना प्रविधिमैत्री रहेको देखाउन तत्पर रहेको पाइन्छ। यसबाट कम्पनीहरुको कार्य गराईमा सरलता, छरितोपना त छँदैछ साथै कार्यप्रणालीका विभिन्न अवयवहरुलाई आफूू अनुुकूूल नतिजा प्रयोग गर्नका लागि प्रचलनमा ल्याई कार्य गरिरहेका हुुन्छन्।

सफ्टवेयर प्रयोग गर्दैमा पूूर्ण रुपमा प्रविधि मैत्री भएको भन्ने मान्न किमार्थ सकिँदैन। तर, उक्त प्रविधिको बहुुउपयोग गर्दै आफ्ना कर्मचारीहरुले खोजेको र आवश्यक सूूचनाहरु विश्लेषण गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने खालका पर्याप्त तालिमहरु सञ्चालन गर्नु, आवश्यक सूूचनाहरु आफ्नै टेबलको पहुँचमा हुुने व्यवस्था गर्न सकेमात्र एक अर्थमा प्रविधिमैत्री हुुन सक्ने देखिन्छ। यसका अलावा कर्मचारीको क्षमता र कार्यक्षेत्रमा देखिने मनोवृृत्तिले समेत प्रणालीलाई हरेक पटक चुुनौती दिइरहेको हुुन्छ।

कागजात (डकेट)हरुको सुुरक्षा गर्नुु बीमाशुुल्क लिएपश्चात व्यवसायको प्रथम दायित्व रहन्छ। तर, के नेपालमा रहेका बीमा व्यवसायी वा कम्पनीहरुमा कागजातको सुुरक्षा लिएर कुुनै चिन्ता छ त ? विभिन्न अध्ययन तथा सरोकारवालाहरुसँग गरेको सानिध्य तथा छलफलमा कुुरा उठ्नेमात्रै गरेको छ तर सम्बन्धित विभागका पदाधिकारीलाई कुुनै सरोकार नै रहेको देखिएन। काम अरुको थाप्लोमा पन्छाउने तर भाग भने खोज्ने प्रवृत्ति हुँदासम्म कागजातको सुुरक्षा गर्न कठिनाइ हुुने निश्चित नै छ। उदाहरणमा कुुनै भवितव्य परी कुुनै कम्पनीको मातहतमा रहेको डकेट आगलागी वा अन्य प्राकृतिक तवरले नाश भएमा ती डकेट पुुनःप्राप्ति गर्ने कुुनै उपाय नै छैन।

डकेट नभई कम्पनीले कुुनै पनि भुुक्तानी दिँदैन। भलै दुुई–चारवटाको भुुक्तानी गर्न मिल्ला। केही वर्षअघि कुुनै एउटा जीवन बीमा कम्पनीको नारायणघाट शाखा रहेको भवनमा आगलागी भयो। थुुप्रै पसल कवल सामानसहित नाश भयो। अन्यको तुुलनामा उक्त कम्पनीको नोक्सान कम भयो भन्ने सूूचना आयो। के उक्त घटनामा डकेटहरु नाश भएका भए कागजातको सुुरक्षा गरेको मानिन्थ्यो ? तत्पश्चात के उक्त कम्पनीले कुुनै प्रविधि अवलम्बन गर्ने निर्णय गर्यो ? यी प्रश्नमात्र हुुन्। कुुनै कम्पनीले पनि व्यवसाय भइसकेपछि कागजातलाई डकेट बनाई राख्नबाहेक कागजातको सुुरक्षा गर्न मनासिब ठानेका नै छैनन्। जुुन कम्पनीको डकेट राख्ने कोठामा गई हेर्यो भने क्याविनेटमा मिलाएर राखेकै देखिन्छ । १० वा १५ वर्षपछि वा अवधिपछि गयो पूूरै धुुलाम्य, कीराले खाएका र स्थान अभावले खप्टाएर राखेका अव्यवस्थित कार्यालयजस्तै देखिन्छन्। सबैको अवस्था त्यस्तै छ। सुुधार गर्न अतिरिक्त जनशक्ति चाहिने भएकोले अतिरिक्त बजेट चाहिन्छ। कार्यान्वयन गर्न जिम्मा लिनै गाह्रो, जुुन कार्य सामान्य कर्मचारीले गर्ने खालको हो।

व्यवसायपश्चात डकेटको व्यवस्थापन अवधि वा कुुनै पनि भुुक्तानी भएको ५ वर्षपश्चातसम्म वा बृृहत लेखापरीक्षण सम्पन्न नहुँदासम्म आवश्यक पर्ने भएकोले कागजातहरुको डिजिटलाइजेसन नै मुुख्य ध्येय हुुन जरुरी देखिन्छ। सुरुमा खर्च लागे पनि डिजिटलाइजेसन सुरु गरेको केही समयपश्चात सामान्य भई नियमित कार्यसरह नै हुुने गर्दछ। जसबाट आवश्यक परेको खण्डमा र भवितव्य भई नोक्सान भएमा समेत सम्पूूर्ण डकेटको प्रति प्रिन्ट गरी पुुनःप्राप्ति गर्न सकिन्छ। यसका अलावा पोलिसीसमेत डिजिटलाइजेसन भई सुुरक्षित हुुने हुँदा कालान्तरमा सहज तवरले अप्ठेरो समयमा पनि कार्य गर्न सकिन्छ तर यसका नियन्त्रणका लागि निश्चित कर्मचारीलाई मात्र अख्तियारी दिनुुपर्दछ। यसका लागि अतिरिक्त सफ्टवेयर पाइने भएकोले प्रयोग पनि गर्न सकिन्छ। हाल केही कम्पनीले स्क्यानिङमार्फत कागजात सुुरक्षित गर्ने प्रयास गरेको भने देखिए पनि पोलिसीको संख्या तथा प्रतिपोलिसी आवश्यकताअनुुसार औसत १० वटा कागजात मान्ने गरेमा लाखौँ पोलिसीको कार्यसम्पन्न गर्न कति समय लाग्ला अनुुमान गर्न सकिएला र ?

दाबीमा सरलता गर्दा व्यवसायमा बढोत्तरी हुुने निश्चित नै छ। आफ्ना शाखा कार्यालयमार्फत निवदेन दिई अख्तियार प्राप्त अधिकारीको रोहबरमा मात्र दाबी भुुक्तानी गर्ने प्रचलनलाई लचिलो बनाई शाखाबाट समेत निश्चित रकमको दाबी भुुक्तानी प्रदान गर्ने व्यवस्था गर्न सके दूूरदराजबाट दाबी लिन केन्द्रमा धाउनुुपर्ने बाध्यताको अन्त्य गर्न यो प्रविधिमार्फत गर्न सकिने देखिन्छ। तर, यसका लागि नियन्त्रणात्मक कार्यविधि बनाई लागूू गर्ने र शाखामा कार्यरतको क्षमता भने अभिवृद्धि गर्नै पर्दछ। अन्यथा मौजुुदा अवस्थामा दाबी प्रदान गर्ने तरिकाले कम्पनीलाई प्रविधिले खासै फाइदा पुुर्याउन सक्दैन। भुुक्तानीपश्चात दाबी झोला (क्लेम ब्याग)लाई उपलब्ध कागजातसमेत डिजिटलाइजेसन गरी संरक्षण गर्न सकिने अभ्यास गर्न सके बीमा क्षेत्रमा ठूूलै उपलब्धि हुुने देखिन्छ।

डिजिटलाइजेसनको व्यवस्थाले कम्पनीमा ओगटेको स्थानलाई पुुनः वा अर्को उद्देश्य पूूर्ति गर्न प्रयोग गर्न सकिन्छ। जसबाट डकेट व्यवस्थापन सरल हुुने देखिन्छ।

बैंकहरुको सूूचना चोरी गरी लुुटपाट गर्ने गिरोहबाट बैंक क्षेत्र केही सजग भई सुुरक्षाको घेरा बढाउन गरेको अवस्था र प्रयासको तुुलनामा बीमा क्षेत्र हालसम्म सूूचना ह्याक हुुने सम्भावनाबाट भर्जिन भएकै मान्नुपर्दछ। अतः यो अवस्था कायम राख्न र सूूचना चोरी हुुनबाट बचाउन फायरवाललगायत अन्य सुुरक्षित प्रविधिमा लगानी गर्न आवश्यक भइसकेको देखिन्छ। बीमाको सूूचना ह्याक भई सूूचना चोरी हुुन वा गडबडी गर्ने सम्भावना पो छ कि ? भविष्य कसलाई पो थाहा छ। सुुरक्षामा लगानी मात्र नभई कार्य गर्ने प्राविधिकहरुको क्षमता अभिवृद्धि गर्नसमेत थप लगानी आवश्यक देखिन्छ।

बीमा प्राधिकरणले हालसम्म बीमा व्यवसाय भौतिक कागजातका आधारमा मात्र बीमा बिक्री गरिने गरी स्वीकृत गरेको र सोही प्रचलन भएकोले नयाँ तरिकाहरुको प्रयोग गरी अनलाइनबाट समेत पोलिसी बिक्री गर्ने हिसाबले अगाडि बढ्न नीतिगत व्यवस्थाा गराउन आवश्यक देखिन्छ। भारतलगायत अन्य देशहरुमा यस प्रकारको अनलाइन पोलिसी बिक्री गर्ने व्यवस्था भएकोले आवश्यक कागजातहरु बुुझिलिएर डिजिटलाइजेसनपश्चात पोलिसी बिक्री गराउन सके बीमाको भविष्य थप उज्जवल रहने देखिन्छ।

(नेपाल व्यवस्थापन संघको पूर्वकार्यकारी निर्देशक तथा पूर्वबीमाकर्मी हुन्।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS