काठमाडौं । आज नेप्से परिसूचक ३१ दशमलव ५४ अंकले बढेर २,६९५ को विन्दुमा कायम भएको छ । आज १८० कम्पनीको शेयर मूल्य बढेको छ भने ९२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै बेनी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । सोपान फर्मास्यिुटिकल्सका लगानीकर्ताले ८ दशमलव ७२ प्रतिशतका दरले कमाएका छन् । नेपाल फाइनान्सका लगानीकर्ताले ५ दशमलव ४९ प्रतिशतका दरले कमाएका छन् ।













