काठमाडौं । शेयर बजार बिहीबार पनि दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ३१.५४ अंकले बढेर २६९५.६० को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूह बढेका छन्। यो दिन अन्य समूह सर्वाधिक २.४५ प्रतिशतले बढेको छ।
यो दिन बजारमा १८१ कम्पनीको शेयरभाउ बढेको छ भने ९१ कम्पनीको घटेको छ। आज ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज साढे ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार घलेम्दी हाइड्रोको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी













