IME Life New

कामना सेवा फुटसल कप सिजन ६ को टाई–सिट ड्र, जर्सी अनावरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आयोजना गर्न लागेको कामना सेवा फुटसल कप सिजन ६ को टाई–सिट ड्र, जर्सी अनावरण, ट्रफी अनावरण तथा ब्रान्ड एन्थम सार्वजनिक गर्ने कार्यक्रम कार्तिक ११ गते भव्य रूपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा सहभागी टोलीका प्रतिनिधि, टिम म्यानेजर, एन्फा रेफ्री तथा बैंकका कर्मचारीको उपस्थिति रहेको थियो ।

कार्यक्रमको स्वागत मनतव्य व्यक्त गदैं बैंकका प्रमुख सञ्चालन अधिकृत रघुनाथ त्रिपाठीले कामना सेवा फुटसल कप बैंकका लागि प्रतियोगिता मात्र नभई खेलकुद मार्फत समाज र युवासँग जोडिने माध्यम भएको बताए । उनले खेलकुदले स्वस्थ जीवनशैली, अनुशासन र टिमवर्कको सन्देश दिने भएकाले बैंकले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको उल्लेख गरे ।

Esewa
Crest

कार्यक्रममा प्रमुख सञ्चालन अधिकृत त्रिपाठीले फुटसल कपको ब्रान्ड एन्थम सार्वजनिक गरेका थिए । साथै, उनले सहभागी टोलीका टिम म्यानेजरहरूलाई जर्सी हस्तान्तरण पनि गरे । सोही अवसरमा प्रतियोगिताको टाइ–सिट ड्र सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा गत सिजन (सिजन ५) का पुरुष तर्फका उपाधि धारक सिद्धार्थ बैंक र महिला तर्फका उपाधि धारक लुम्बिनी विकास बैंकका प्रतिनिधिहरूले आफ्ना मन्तव्य राखे । बैंकको आयोजना गरेको यस प्रकारको खेलले बैंक तथा वित्तीय संस्थाका कर्मचार्रीहरु बीच भाइचारा विकास हुने भएकोमा कामना सेवा विकास बैंकलाई धन्यवाद दिए र सबै सहभागी टोलीलाई शुभकामना व्यक्त गरे ।

त्यसैगरी FIFA AFC Elite असिस्टेन्ट रेफ्री हरीश कार्कीले प्रतियोगिताका खेल नियमहरूबारे विस्तृत जानकारी गराए । उनले खेलको अनुशासन, फाउल तथा निर्णय सम्बन्धी नियमहरू सबै टोलीले राम्ररी बुझेर स्वच्छ र रोमाञ्चक प्रतिस्पर्धा गर्न आग्रह गरे । कार्यक्रममा SAAF फुटसल रेफ्री सङ्गीता सुनुवारको पनि उपस्थिति रहेको थियो ।

यस वर्षको प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता शनिबार र आईतबार, कार्तिक १४ र १५, २०८३ गते धन्वन्तरी फुटसल कोर्टमा सञ्चालन हुने छ । कामना सेवा विकास बैंकले खेलकुद प्रवद्र्धन, युवा प्रतिभालाई मञ्च प्रदान तथा महिला सहभागिता प्रोत्साहनको उद्देश्यले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS