काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले मञ्जुश्री फाइनान्सको ५ प्रतिशत र बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत बोनश शेयर पछिको मूल्य समायोजन गरेको हो। समायोजनपश्चात मञ्जुश्री फाइनान्सको शेयरमूल्य ७२३ रुपैयाँ ३३ पैसा कायम भएको छ भने बरुणको शेयरमूल्य ३२३ रुपैयाँ ५३ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दोस्रो बजारमा मञ्जुश्री फइनान्सको शेयर प्रतिकित्ता ७५९ रुपैयाँ ५० पैसा र बरुण हाइड्रोको शेयर प्रतिकित्ता ३३८ रुपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो। यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।












