काठमाडौं । आज नेप्से परिसूचक ० दशमलव ९४ अंकले बढेर २,६३० को विन्दुमा कायम भएको छ । आज १३६ कम्पनीको शेयर मूल्य बढेको छ भने १३५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै बेनी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले १२ दशमलव ०९ प्रतिशतका दरले कमाएका छन् । दोर्दी खोलाका लगानीकर्ताले ६ दशमलव ७९ प्रतिशतका दरले कमाएका छन् ।













