IME Life New

नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम ५ अर्ब ७९ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिजो घटेर बन्द भएको बजार आज भने सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ० दशमलव ९४ अंकले बढेर २,६३० को विन्दुमा कायम भएको छ । आज १३६ कम्पनीको शेयर मूल्य बढेको छ भने १३५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३६० कम्पनीको १ करोड ५३ लाख ४६ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७९ करोड माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको २४ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा मिडिल तमोरको २१ करोड माथिको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै बेनी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले १२ दशमलव ०९ प्रतिशतका दरले कमाएका छन् । दोर्दी खोलाका लगानीकर्ताले ६ दशमलव ७९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै युनिलिभर नेपालका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ९१ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS