IME Life New

मार्केटिङलाई मात्र अवसर दिंदा बीमा कम्पनीमा खुम्चियो अपरेशनल कर्मचारीको अवसरः प्रतिवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूले मार्केटिङसँग सम्बन्धित जनशक्तिलाई मात्र प्राथमिकता दिने प्रवृत्ति अन्त्य गरी  कार्यालय सञ्चालन र ब्याक अफिसमा खटिने कर्मचारीका लागि पनि समान रूपमा वृत्ती विकासको अवसर दिनुपर्ने सुझाएको छ।

बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको बीमा क्षेत्रको मानव संशाधन सन्तुष्टी अध्ययन प्रतिवेदनमा बीमा क्षेत्रभित्र क्षमता विकासका अवसरहरूमा पनि व्यापक सुधारको खाँचो औंल्याएको छ।  उनीहरूलाई पनि व्यवसायीक तालिम र क्षमता वृद्धिका अवसरहरू विस्तार गरिनुपर्ने टिप्पणी गरिएको छ।

Esewa
Crest

अध्ययन प्रतिवेदनले बढ्दो मुद्रास्फीति र महँगीलाई दृष्टिगत गर्दै आधारभूत तलब तथा भत्ताहरूको पारदर्शी र समयानुकूल पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याएको छ। प्रतिवेदनमा बैंक तथा अन्य बहुराष्ट्रिय एवं संस्थागत वित्तीय क्षेत्रहरूसँग प्रतिस्पर्धा गरेर दक्ष र प्रतिभाशाली जनशक्तिलाई आकर्षित गर्न आकर्षक पारिश्रमिक संरचनाको निर्माण गर्नुपर्ने जोड दिइएको हो। यसका साथै, कार्यसम्पादन र योग्यतामा आधारित निष्पक्ष तथा समयमै पदोन्नति हुने परिपाटी बसाल्नुपर्ने माग गरिएको छ।

अध्ययन प्रतिवेदनले बीमा क्षेत्रभित्र क्षमता विकासका अवसरहरूमा पनि व्यापक सुधारको खाँचो औंल्याएको छ। मार्केटिङसँग सम्बन्धित जनशक्तिलाई मात्र प्राथमिकता दिने प्रवृत्ति अन्त्य गरी  कार्यालय सञ्चालन र ब्याक अफिसमा खटिने कर्मचारीहरूका लागि पनि समान रूपमा वृत्ती विकासको अवसर दिनुपर्ने सुझाइएको छ। उनीहरूलाइ पनि व्यवसायीक तालिम र क्षमता वृद्धिका अवसरहरू विस्तार गरिनुपर्ने टिप्पणी गरिएको छ।

बीमकको अधिकांश शाखा कार्यालयहरूमा देखिएका जीर्ण भौतिक पूर्वाधार, अपर्याप्त प्रविधिका कारण कर्मचारीहरूले काम गर्ने सहज वातावरण नभएको प्रतिवेदनमा उल्लेख छ।। बैंकहरू अभ्यास अनुरूप मानसिक ताजगीका लागि अनिवार्य रूपमा अनिवार्य बिदाको व्यवस्था गर्नुपर्ने आवाज कर्मचारीहरूले उठाएका छन्। अनिवार्य बिदाको सुविधा भएका कर्मचारीलाइ पनि विजनेश टार्गेट पुरा गर्नुछ भन्दै अनिवार्य बिदा कागजमा मात्र सीमित गरिएको छ।

नेपाल बीमा प्राधिकरण, बीमक संघ, सञ्चालक समिति र व्यवस्थापन पक्षको संयुक्त पहलमा एउटा बलियो, पारदर्शी र वैज्ञानिक मानव संसाधन (एचआर) नीति कार्यान्वयन गरेमा मात्र बीमा क्षेत्रको दिगो विकास हुनुका साथै राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान अझ सुदृढ बन्ने निष्कर्ष निकालिएको छ।

यसैबीच, प्रतिवेदनमा पदोन्नतिको पारदर्शितामा ३.०३ को औसत र १.२९ को उच्च मानक विचलन देखिएको छ, जसलाई ३८ प्रतिशत कर्मचारीको प्रत्यक्ष असन्तुष्टिले थप प्रष्ट पारेको छ। यहाँ ५ अंकको स्केलमा आएको ३.०३ को औसतले बढुवा प्रणाली ठिकठाक छ वा नराम्रो छ भनी ठम्याउनै गाह्रो पर्ने एक किसिमको असमञ्जस अवस्था देखाउँछ । अर्कोतर्फ १.२९ को उच्च मानक विचलनले चाहिँ कर्मचारीहरूको विचारमा ठूलो विरोधाभास र एकरूपताको अभाव रहेको कुरा प्रष्ट्याउँछ। एकदमै सामान्य भाषामा बुझ्दा, यसको मतलब यो हो कि बीमा कम्पनीभित्र बढुवाको मापदण्ड सबैका लागि समान छैन।

यसलाई एक व्यावहारिक उदाहरणमार्फत प्रष्ट्याउँदा, कुनै पनि बीमा कम्पनीमा उच्च व्यवस्थापन वा हाकिमको निगाहमा रहेका निश्चित व्यक्तिहरू (नजिकका मानिसहरू वा चाकडी गर्न जानेकाहरू) ले बिना कुनै झन्झट हरेक दुई वर्षमा सहजै बढुवा पाइरहेका हुन्छन् । उनीहरू कम्पनीको बढुवा प्रणाली अति उत्तम छ भनी प्रतिक्रिया दिएका छन्। तर, यसको ठीक विपरीत दिनरात कडा मेहनत गरेर कम्पनीको व्यवसाय बढाउन पसिना बगाएका इमानदार तथा तल्लो तहका कर्मचारीहरूले भने ८ देखि १० वर्षसम्म सहायक वा अधिकृत पदमा रहेर काम गर्नुपरेको छ। यी पदहरूमा प्रशिक्षार्थी, करार, सहायक, कामु, वरिष्ठ लगायतका विभिन्न विशेषण थपेर बीमकले प्रत्येक विशेषणसँगै कम्तीमा २ र बढीमा ४ वर्षसम्म कर्मचारीलाइ पद्दोन्नतीको अवसरबाट बञ्चित गराइ दिन्छन् ।

बीमा कम्पनीहरूबीच रहेको दोहोरो चरित्र र विभेदकारी व्यवस्थाका कारण एकथरी कर्मचारीले प्रणालीलाई ठिक ठानेका छन् भने ठूलो हिस्साले यसलाई पूर्ण रूपमा अपारदर्शी र अन्यायपूर्ण मानेका छन्, जसले गर्दा समग्र बीमा क्षेत्रका जनशक्तिभित्र गहिरो तिक्तता र असन्तुष्टि व्याप्त रहेको यस तथ्याङ्कले छर्लङ्ग पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS