IME Life New

दुई महिना नपुग्दै रसुवा बाढी प्रभावित क्षेत्रमा सलिकोद्वारा रु. २६ करोड बढीको बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले रसुवा बाढीबाट प्रभावित क्षेत्रमा दुई महिना नपुग्दै बीमा दायित्वअन्तर्गत कुल रु. २६ लाख ९ लाख २२ हजार २३४.७५ भुक्तानी गरेको छ। असोज २९ गतेसम्मको विवरणअनुसार कम्पनीले उक्त रकम भुक्तानी गरेको हो।

प्रभावित क्षेत्रका बीमितहरुलाई आर्थिक राहत प्रदान गर्ने तथा क्षतिको आर्थिक भार न्यूनीकरण गर्न सहयोग पुर्याउने उद्देश्यले कम्पनीले हालसम्म रु. २३ करोड ५ लाख ३९ हजार ७८२.७५ अग्रिम भुक्तानी गरिसकेको छ भने रु. ३ करोड ३ लाख ८२ हजार ४५२ बराबरको बीमा दाबी भुक्तानी गरेको छ।

Esewa
Crest

दाबी भुक्तानी प्रक्रियालाई थप सहज, प्रभावकारी र छिटो बनाउन कम्पनीले सम्बन्धित बीमित तथा सेवाग्राहीहरुलाई आवश्यक कागजात यथाशीघ्र उपलब्ध गराउन अनुरोध गरेको छ। आवश्यक कागजात समयमै प्राप्त भएमा दाबी मूल्यांकन तथा भुक्तानी प्रक्रियालाई तीव्रता दिन सहयोग पुग्ने कम्पनीले जनाएको छ।

प्राकृतिक विपदका कारण व्यवसाय, सम्पत्ति तथा जनजीवनमा पर्न सक्ने आर्थिक प्रभावलाई न्यूनीकरण गर्न बीमा क्षेत्रको भूमिका महत्वपूर्ण रहन्छ। यसै सन्दर्भमा सलिकोले प्रभावित बीमितहरुलाई आर्थिक सहायता उपलब्ध गराउँदै बीमाप्रतिको विश्वासलाई थप सुदृढ बनाउने प्रतिबद्धताका साथ आफ्नो दायित्व निर्वाह गर्दै आएको छ।

सलिकोले विपद्का कठिन परिस्थितिमा बीमित तथा समुदायसँगै उभिँदै आर्थिक सुरक्षा प्रदान गर्नुका साथै पुनःस्थापना र पुनर्निर्माणका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले कार्य गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS