IME Life New

डिजेलको अभावका बीचमा डोनाल्ड ट्रम्पले दिए निर्यात रोक्ने संकेत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरुलाई उनीहरुको केही डिजेल भण्डार जारी गर्न आग्रह गर्न सक्ने बताएका छन्।

ट्रम्पले डिजेलको अभावका बीचमा अमेरिकाबाट डिजेल निर्यातमा प्रतिबन्ध लगाउने विचार गरिरहेका छन्। अमेरिकी कोषाध्यक्ष स्कट बेसेन्टले युरोपलाई यस्तो भण्डार कायम राख्न र आवश्यक परेमा छोड्न आग्रह गरेपछि ट्रम्पको यो टिप्पणी आएको हो। बेसेन्टले भने, ‘बढ्दो मूल्यको भार अमेरिकी किसान, ट्रक चालक र व्यवसायमाथि थोपर्नु हुँदैन।’

Esewa
Crest

इरानको युद्धका कारण बढ्दो मूल्यका बीचमा अमेरिकाले डिजेल निर्यातमा प्रतिबन्ध लगाउने धम्की दिएको छ। अमेरिकी मध्यावधि चुनावअघि अमेरिकी मतदाताहरुका लागि यो मुद्दा महत्वपूर्ण छ।

बेलायतले बिहीबार सम्भावित प्रतिबन्धको अवस्थामा डिजेल भण्डार जारी गर्ने बारेमा युरोपेली साझेदारहरुसँग वार्ता गरेको छ। अमेरिका विश्वलाई डिजेलको प्रमुख आपूर्तिकर्ता हो। जसले दैनिक १२ लाखदेखि १५ लाख ब्यारेल डिजेल निर्यात गर्छ।

विज्ञहरुले विदेशमा डिजेलको आपूर्तिमा प्रतिबन्ध लगाउनाले अन्य देशहरुमा मूल्यमा थप दबाब पर्न सक्ने चेतावनी दिएका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS