IME Life New

मध्यपूर्वमा अहिलेसम्मकै ठूलो घेराबन्दी गर्ने तयारीमा अमेरिका, ९ हजार सैनिक परिचालन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाले जहाजको एउटा समूहसहित लगभग ९ हजार सेना मध्यपूर्वमा पठाउँदैछ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि नयाँ आक्रमणको चेतावनी फेरि दिएका छन्। सोहीबमोजिम उक्त संख्यामा सेना परिचालन गर्न लागिएको हो। उनले भने, ‘इजरायल जाने उडानलाई दुर्घटनाग्रस्त पार्ने प्रयास गर्ने सहपाइलटको इरानसँग सम्बन्ध हुन सक्छ।’

Esewa
Crest

ट्रम्पले इरानको पछिल्लो युद्धविराम प्रस्तावलाई अस्वीकार गर्ने कुरा पनि गरे र नोभेम्बर ३ को चुनावपछि बम विस्फोट बढ्न सक्ने संकेत गरेका छन्। अमेरिकी सेनाले मध्यपूर्वमा आफ्नो उपस्थिति विस्तार गर्दैछ। एक अमेरिकी अधिकारीका अनुसार लगभग ९ हजार सेनालाई जहाजमार्फत पठाइँदैछ। जसमा ७ हजारभन्दा बढी नाविक र २ हजार मरिन समावेश छन्।

यस समूहमा हालै प्रस्थान गरेको यूएसएस थियोडोर रुजवेल्ट क्यारियर स्ट्राइक ग्रुप समावेश छ। जसका साथमा क्रुजर यूएसएस चोसिन पनि समावेश छ। दोस्रो समूहमा यूएसएस माकिन आइल्यान्ड एम्फिबियस रेडिनेस ग्रुप हो। जसमा उभयचर अवतरण जहाज यूएसएस जोन पी मार्था र यूएसएस एन्कोरेज समावेश छन्।

अधिकारीका अनुसार अक्टोबरको अन्त्यसम्ममा तीनवटा विमानवाहक यस क्षेत्रमा हुन सक्छन्। पहिले नै उपस्थित सेनाहरु थप्दा २० हजारभन्दा बढी नौसेना कर्मचारी र मरिन तथा सयौँ विमानहरु हुनेछन्। जुन असामान्य रुपमा ठूलो संख्या हो।

अप्रिलमा तीन नौसेना वाहक स्ट्राइक समूहहरु उपस्थित थिए। सन् २००३ पछि पहिलोपटक यो भएको थियो।

हाल यूएसएस बक्सर एम्फिबियस रेडिनेस ग्रुपसँगै यूएसएस जर्ज एचडब्ल्यू बुस र यूएसएस जर्ज वासिंगटन यस क्षेत्रमा छन्। वासिंगटन सामान्यतया प्रशान्त महासागरमा रहन्छ तर ग्क्क् अब्राहम लिंकनलाई प्रतिस्थापन गर्न पठाइएको थियो। जसको चालक दलले २६० दिन भन्दा बढी समुद्रमा बितायो।

ह्वाइट हाउसमा पत्रकारहरुले ट्रम्पलाई सोधे कि के कप्तानलाई छुरा प्रहार गर्ने र बुधबार इजरायल जाने उडानलाई गोली हान्न प्रयास गर्ने सहपाइलटको इरानसँग कुनै सम्बन्ध छ ? ट्रम्पले भने, ‘मैले सुनेका अनुसार जबाफ ‘हो’ हो तर अनुसन्धान जारी छ।’

ट्रम्पले थप विवरण उल्लेख गरेनन्। उनले यो पनि भने, ‘यदि सम्बन्ध प्रमाणित भयो भने इरानमाथि ठूलो बल प्रयोग गरी आक्रमण गरिनेछ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS