IME Life New

इरानका यी तीन कमान्डरबारे सूचना दिनेलाई १.५ करोड डलर पुरस्कार दिने अमेरिकाको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संयुक्त राज्य अमेरिकाले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) एयरोस्पेस फोर्सका तीन कमान्डरबारे जानकारी दिनेलाई १ करोड ५० लाख डलर पुरस्कार घोषणा गरेको छ।

बीबीसी फारसीका अनुसार यो घोषणा अमेरिकी विदेश विभागको ‘न्यायका लागि पुरस्कार’ कार्यक्रमअन्तर्गत गरिएको हो। यी तीन कमान्डर ब्रिगेडियर जनरल अब्दुल्लाह मेहराबी, अहमद जाफराबादी र अली असगर नौरुजी हुन्।

Esewa
Crest

ब्रिगेडियर जनरल अब्दुल्लाह मेहराबीलाई आईआरजीसीको एयरोस्पेस फोर्सको ‘जिहाद अनुसन्धान र आत्मनिर्भरता संगठन’को प्रमुखका रुपमा वर्णन गरिएको छ।

अमेरिकी विदेश विभागका अनुसार अहमद जाफराबादी आईआरजीसीको एयरोस्पेस फोर्सका एक वरिष्ठ कमान्डर हुन् र बलको सञ्चालन व्यवस्थापनका लागि जिम्मेवार छन्।

अमेरिकाले अली असगर नौरुजीलाई क्रान्तिकारी गार्डहरुको तयारी र समर्थनको उपनिर्देशकका रुपमा पहिचान गरेको छ।

अमेरिकाले इरानको रक्षा मन्त्रालयसँग सम्बन्धित १० व्यक्ति र संस्थामाथि पनि प्रतिबन्ध लगाएको छ।

अमेरिकी ट्रेजरी विभागको विदेशी सम्पत्ति नियन्त्रण कार्यालयले प्रतिबन्धहरुको सूची जारी गरेके छ। जसमा इरानबाहेक मेक्सिको, चीन र पाकिस्तानका नागरिकको नाम समावेश छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS