काठमाडौं । साउदी अरेबियाको मुख्य लाल सागर बन्दरगाहबाट तेल लोड गर्ने ट्यांकरहरुको बीमा लागत हालैका हप्ताहरुमा तीन गुणाले बढेको छ। जसले गर्दा यस क्षेत्रमा बढ्दो तनावका बीचमा कच्चा तेल आपूर्ति कायम राख्ने साउदी अरेबियाको प्रयासमा नयाँ दबाब परेको छ।
उद्योग स्रोतहरुले रोयटर्सलाई बताए कि यान्बु भ्रमण गर्ने साउदीसँग सम्बन्धित ट्यांकरहरुका लागि युद्ध जोखिम प्रिमियम जहाजको मूल्यको लगभग ३ प्रतिशत पुगेको छ। जुलाईको सुरुमा दरहरु १ प्रतिशतभन्दा कम थिए। यमनका इरान समर्थक हुथी विद्रोहीहरुले आक्रमण गरेपछि बाब अल–मन्डेब स्ट्रेटनजिकैको पानीलाई उच्च जोखिमका रुपमा घोषणा गर्ने लन्डन मरिन इन्स्योरेन्स मार्केटको निर्णयपछि यो वृद्धि भएको हो।
यमनी सीमाबाट लगभग ५० माइल टाढा जिजानसहित दक्षिणका बन्दरगाहहरुका लागि जुलाईमा लगभग १ प्रतिशत रहेको प्रिमियम अब ७ प्रतिशत पुग्न सक्छ। यो स्तर हाल होर्मुज जलमार्ग पार गर्ने जहाजहरुका लागि लिइने ६ प्रतिशतदेखि ९ प्रतिशत प्रिमियमको नजिक छ।
यान्बुबाट यात्रा गर्ने ठूलो ट्याङ्करको लागि ७ दिनको युद्ध–जोखिम कभरेज अब लगभग ३० लाख डलर लाग्न सक्छ। यो संख्या दक्षिणी साउदी बन्दरगाह वा होर्मुज हुँदै लगभग ७० लाख डलर पुग्न सक्छ। जुन हालको द्वन्द्वअघि कम्तीमा १ लाख डलर थियो।
साउदी अरेबियाले लामो समयदेखि आफ्नो पूर्वपश्चिम पाइपलाइनद्वारा समर्थित लाल सागर मार्गलाई होर्मुजभन्दा सुरक्षित विकल्प मान्दै आएको छ। यस महिनाको सुरुमा ड्रोन आक्रमणले त्यो पाइपलाइन बन्द गर्यो। जसका कारणले गर्दा बीमा लागत बढ्यो। खाडीको अवस्थाको विपरीत अमेरिकाले लाल सागरमा जहाजहरुका लागि समान सैन्य हवाई कभरेज प्रदान गरिरहेको छैन। –एजेन्सी












