काठमाठौं । कल्पना गर्नुहोस् तपाइँ त्यस्तो ठाउँमा पुग्नुभएको छ, जहाँ तपाइँले ल्याम्बोर्गिनी, रोल्स रोयस र डिफेन्डरजस्ता कारमात्र देख्नुहुन्छ। तपाइँको घर शाही दरबार वा भिल्लाजस्तो देखिन्छ र जब तपाइँ पानीमा पाइला टेक्नुहुन्छ तब तपाइँले विलासी जहाजमात्र देख्नुहुन्छ। यो सपना जस्तो लाग्न सक्छ तर वास्तविकतामा एउटा यस्तो देश छ, जहाँ यी सबै कुरा सामान्य देखिन्छन्।
साधारण मानिसहरुले यी कुराहरुको सपना मात्र देख्न सक्छन्। तर, यहाँका मानिसहरुका लागि यो सामान्य जीवनशैली हो। यदि तपाइँले यो ठाउँको भ्रमण गर्नुभयो भने तपाइँले सडकमा सामान्य कार देख्नुभयो भने अचम्म लाग्नेछ। किनकि त्यहाँ सबैसँग सुपर लक्जरी कार छन्। घर वा घर भिल्लाभन्दा कम देखिँदैन।
२ करोडको वार्षिक आम्दानी
युरोपेली महादेशमा अवस्थित मोनाको लगभग ४० हजार जनसंख्या र १.९५ वर्ग किलोमिटर क्षेत्रफल भएको सानो देश हो। यस सानो देशको प्रत्येक तेस्रो व्यक्तिको कुल सम्पत्ति १० लाख डलरभन्दा बढी छ। प्रत्येक नागरिकको औसत वार्षिक आय २ करोड स्थानीय रुपैयाँ अनुमान गरिएको छ। भूमध्यसागरमा इटाली र फ्रान्सको बीचमा अवस्थित यस देशको अर्को अद्वितीय विशेषता भनेको कुनै पनि नागरिकले आयकर तिर्नु पर्दैन।
यसको सुन्दर दृश्य र क्यासिनोका लागि विश्वव्यापी रुपमा परिचित, मोनाकोमा फर्मुला वान रेसर लुइस ह्यामिल्टन, टेनिस स्टार नोभाक जोकोभिच र बेलायती खुद्रा व्यापारी सर फिलिप ग्रीन लगायत धेरै सेलिब्रेटीहरु बसोबास गर्छन्। यसको अर्थतन्त्र धेरै हदसम्म पर्यटनमा निर्भर छ।
मानिसहरुले यो देश किन मन पराउँछन् ?
यो देश आय र जीवनयापनका लागि लोकप्रिय गन्तव्य हो। किनकि स्थानीयहरुले कुनै आयकर तिर्दैनन् र कम्पनीहरुले अन्य देशहरुको तुलनामा कम कर पनि तिर्छन्। मोनाकोलाई धनी व्यक्तिहरु, वित्तीय र बीमा कम्पनीहरुको लागि मनपर्ने गन्तव्य मानिन्छ। मोनाकोको घर जग्गा बजार विश्वको सबैभन्दा महँगो देशहरुमा पर्छ। घर जग्गा गतिविधिले देशको जीडीपीमा ७.८ प्रतिशत, निर्माण ९.१ प्रतिशत र थोक व्यापार १० प्रतिशत योगदान गर्दछ।
यस देशलाई ‘धनीहरुको राजधानी’ पनि भनिन्छ किनभने यहाँ जनसंख्याको तुलनामा विश्वमा सबैभन्दा धेरै धनी मानिस छन्। मोनाकोमा १० सहर छन्। जसमध्ये एउटामा मात्र ५ हजारभन्दा बढी धनी मानिस छन्। यहाँको ४० हजार जनसंख्यामध्ये १० सहरका मानिसलाई मात्र मोनाकोको मूल निवासी मानिन्छ। बाँकी धनी मानिस हुन्, जो अन्य देशबाट आएर यहाँ बसोबास गरेका छन्। –एजेन्सी












