IME Life New

मस्कको नयाँ धमाका, अब आफ्नो नम्बर शेयर नगरी च्याट गर्न सकिने, लन्च भयो ‘एक्स नम्बर’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलन मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एउटा नयाँ फिचर आएको छ। जसले कसैसँग कुराकानी गर्न आफ्नो फोन नम्बर शेयर गर्नुपर्ने आवश्यकतालाई हटाएको छ। यसबाहेक एक–अर्कालाई फलो नगरी च्याट र कल गर्न सकिन्छ। यसको अर्थ प्रयोगकर्ताको नम्बर गोप्य रहनेछ र कुराकानी पनि गर्न सकिनेछ।

के हो नयाँ एक्स नम्बर ?

Esewa
Crest

कहिलेकाहीँ प्रयोगकर्तालाई कसैसँग कुरा गर्न चाहन्छन् तर गोपनीयताको कारणले गर्दा आफ्नो फोन नम्बर शेयर गर्न चाहन्नन्। कहिलेकाहीँ अर्को व्यक्तिलाई फलो गर्न पनि चाहन्नन्। यस्तो अवस्थामा यो नयाँ एक्स फिचर उपयोगी हुन सक्छ।

एक्स नम्बर सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एउटा नयाँ फिचर हो। जसले मानिसलाई एकअर्कासँग कुराकानी गर्न अनुमति दिन्छ। यो कसैसँग कुराकानी गर्न वा कल गर्न सजिलो बनाउन डिजाइन गरिएको हो।

एक्स नम्बरले प्रयोगकर्तालाई निजी कोड सिर्जना गर्ने अप्सन दिन्छ। प्रयोगकर्ताले त्यो कोड कुरा गर्न चाहेको व्यक्तिसँग साझेदारी गर्न सक्नेछन्। कोड शेयर गरेपछि प्रयोगकर्ताले एक्समा च्याट वा कल गर्न सक्नेछन्। दुवै व्यक्तिले एक–अर्कालाई फलो गर्न पनि आवश्यक पर्दैन।

यो फिचर च्याटमा मात्र सीमित छैन। यदि प्रयोगकर्ताले कल वा भिडियो कलमार्फत कसैसँग कुरा गर्न चाहन्छन् भने त्यो पनि गर्न सक्नेछन्। यद्यपि, कल र भिडियो कल अप्सन प्रयोगकर्ताको एक्सको गोपनीयता सेटिङमा पनि निर्भर गर्दछ।

कोड परिवर्तन हुनेबित्तिकै च्याटिङ ब्लक

यदि प्रयोगकर्ताले आफ्नो एक्स नम्बर रिफ्रेस गरेर नयाँ कोड सिर्जना गरे भने पुरानो कोडले काम गर्न बन्द गर्नेछ। यसको मतलब कसैले पनि पुरानो कोड प्रयोग गरेर फेरि सम्पर्क गर्न सक्ने छैनन्। यस तरिकाले प्रयोगकर्ताले उपयुक्त देख्दा आफ्नो गोपनीयता नियन्त्रण गर्न सक्नेछन्।

सबैभन्दा महत्वपूर्ण कुरा एक्स नम्बर फोन नम्बर होइन। यो एक निजी कोड हो। जसले प्रयोगकर्तालाई एक्समा च्याट गर्न वा कसैलाई कल गर्न अनुमति दिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS