IME Life New

मध्यपूर्वमा ऊर्जा आपूर्तिका लागि वैकल्पिक मार्गहरु आवश्यकः ट्रम्प

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले व्यापारिक जहाजहरुमा गरेको आक्रमणपछि मध्यपूर्वमा ऊर्जा आपूर्तिका लागि वैकल्पिक मार्गहरु आवश्यक भएको बताएका छन्।

ट्रम्पले न्युयोर्कमा संयुक्त राष्ट्र महासभाको वार्षिक सत्रको बाहिर खाडी सहयोग परिषद् र अरब नेताहरुसँगको भेटमा यो धारणा राखेका हुन्। उनले इरानद्वारा नियन्त्रित नभएका ऊर्जा आपूर्ति मार्गहरु सिर्जना गर्ने वकालत गरे।

Esewa
Crest

ट्रम्पले भने, ‘मेरो प्रशासनले मध्यपूर्व–युरोप आर्थिक कोरिडोर र तेल ढुवानीको अन्य माध्यमहरुलाई पूर्ण रुपमा समर्थन गर्दछ। चाहे त्यो पाइपलाइन वा अन्य माध्यमबाट होस्। यससँगै हामी दशकौँदेखि यस क्षेत्रलाई सताइरहेका चुनौतीहरु पार गर्न नजिक छौँ।’

मध्यपूर्व–युरोप आर्थिक कोरिडोर एक प्रमुख पूर्वाधार र कनेक्टिभिटी परियोजना हो। यसले भारतलाई मध्यपूर्व र युरोपसँग जोड्ने लक्ष्य राखेको छ। सेप्टेम्बर २०२३ मा नयाँ दिल्लीमा भएको जी–२० शिखर सम्मेलनको क्रममा यसको घोषणा गरिएको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS