IME Life New

बाढीबाट प्रभावितको लागि अमेरिकाले थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संयुक्त राज्य अमेरिकाले भोटेकोशीको बाढीबाट प्रभावित नेपालको पुनः स्थापना तथा पुनर्निर्माणका लागि थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ । यो रकम हालको विनिमय दर अनुसार, ४ अर्ब ७४ करोड ११ लाख ४० हजार नेपाली रूपैयाँ बराबर हुन आउँछ ।

अमेरिकी डिपार्टमेण्ट अफ स्टेट्सको प्रवक्ता कार्यालयमार्फत् जारी प्रेस नोट अनुसार, १ करोड डलर स्थायी पुल संरचना निर्माण, सरसफाइ, खानेपानी र स्वच्छताका लागि ८० लाख अमेरिकी डलर र विपदका समयमा राहत तथा उद्धारका लागि प्रभावकारी हुने गरी निर्माण गरिएका ड्रोन उपकरणका लागि १ करोड ३० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरिएको जानकारी दिएको छ। यी ड्रोनहरू अमेरिकी कम्पनीले उत्पादन गरेका हुन् । यसबाहेक पुलका लागि आवश्यक संरचना तथा उपकरणहरू समेत अमेरिकी कम्पनीबाटै उत्पादित हुन् ।

Esewa
Crest

यस सम्बन्धमा न्युयोर्कमा मंगलबार अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकर र परराष्ट्रमन्त्री शिशिर खनालबीच भेटवार्ता समेत भएको थियो । भेटका क्रममा अमेरिकी उपविदेशमन्त्री हुकरले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित सबैप्रति गहिरो समवेदना व्यक्त गरिन् । उनले बाढीमा परी हालसम्म सम्पर्कविहीन रहेका करिब ७० जना अमेरिकी नागरिकका परिवारप्रति पनि सहानुभूति व्यक्त गरिन् ।

योसँगै संयुक्त राज्य अमेरिकाले भोटेकोशी बाढी प्रभावितहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि घोषणा गरेको सहयोग राशी ३ करोड ६० लाख अमेरिकी डलर पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS