काठमाडौं । बैतडीका दिनेश ओड उच्च शिक्षाका लागि क्यानडा गए। त्यहाँ उनले आईटीमा स्नाकोत्तर गरे र आफ्नै देशमा ‘केही गरौँ’ भनी नेपाल फर्किए।
नेपाल फर्किएपछि दिनेशले राजधानी काठमाडौंमा जागिरका लागि विभिन्न संघसंस्थामा अप्लाई गरे। तर, आफ्नो क्षमता र योग्यतालाई सुहाउने जागिर भेट्नै गाह्रो भयो। भेटिहाले पनि क्षमता र योग्यताअनुसारको सेवा–सुविधा प्राप्त नहुने।
त्यसपछि आफैँले आवश्यक प्रक्रिया अगाडि बढाएर आफ्नै आईटी कम्पनी सुरु गरे। विस्तारै आईटी कम्पनीले क्लाइन्ट पाउन थाले। काम बढ्दै गएपछि जनशक्ति थप्दै लगे। उनको योग्यता, क्षमता र नेतृत्वकलाले सफलता हासिल गर्दै गयो।
क्यानडामा रहँदा जीवन बीमाको महत्व बुझेका दिनेशले नेपालमा पनि जीवन बीमा गराउने सोचे। नजिकैको जीवन बीमा कार्यालयमा गए। बीमा योजनाहरुको जानकारी लिए। अनि आफूलाई सुहाउँदो जीवन बीमा गराए।
आईटी कम्पनी राम्रैसँग चलिरहेको थियो। तर, विश्वभरि देखा परेको आर्थिक मन्दीले छुन थाल्यो। उनको कम्पनीको गति कम हुन थाल्यो।
तैपनि हरेश खाएनन्, दिनेशले। अगाडि बढ्दै गए। दृढता बलियो कडी हो। कम्पनीलाई अब्बल बनाउने योजनामा दृढ थिए, दिनेश। समयक्रममा लगानी थप्नुपर्ने अवस्था सिर्जना भयो। जीवन बीमाका बारेमा सचेत दिनेशले आफूले बीमा गरेको कम्पनीको नजिकको शाखा कार्यालयमा गए।
जीवन बीमाबाट ऋण लिन मिल्ने जति कर्जा लिए। नियमित ब्याज भुक्तान गरी बीमा अवधिभित्र आफू अनुकूलको कुनै पनि समयमा कर्जा चुक्ता गरे हुने कर्जाले उनलाई राहत भयो। आईटी कम्पनीलाई आवश्यक लगानी थप्न बीमालेख धितो कर्जाले सहज बनायो, उनलाई।
दिनेशले आईटी कम्पनीलाई विस्तार गर्दै लगे। अप्ठेरोमा जीवन बीमाले लगानी थप गर्न मद्दत गरेको थियो। यही प्रेरणाले गर्दा उनले आफ्ना आईटी कम्पनीमा काम गर्ने कर्मचारीलाई अनौठो चाडपर्व भत्ता उपहार दिए। त्यो उपहार थियो, चाडपर्व भत्ताको सट्टा जीवन बीमा उपहार।
दिनेशले आफूले जाने बुझेका र भोगेका जीवन बीमाको महत्व सबैलाई बताए। त्यसैले एक सचेत र शिक्षित व्यक्ति जहिल्यै एक कदम अगाडि हुन्छ अनि आफैँ जीवन बीमा गरी अरुलाई पनि जीवन बीमा गर्न उत्प्रेरित गर्दछ।
(यो कथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको युट्युबाट लिइएको हो।)












