IME Life New

तेल आउने तीनवटै मार्ग बन्द, विश्वमा मच्चिन सक्छ इन्धनको हाहाकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वव्यापी ऊर्जा संकट बढ्दै गइरहेको छ। किनकि होर्मुज जलमार्ग पहिले नै प्रभावित भइसकेको छ।

अब इराकी क्षेत्रबाट धेरै ड्रोन आक्रमणपछि साउदी अरेबियाले आफ्नो कच्चा तेल पाइपलाइन अस्थायी रुपमा बन्द गरेको छ। यसको अतिरिक्त यमनको लालसागर तटमा १८ घन्टाको भयंकर आक्रमणपछि हुथी विद्रोहीहरु बाब अल–मन्देब जलमार्ग नियन्त्रण कब्जा गर्ने संघारमा छन्।

Esewa
Crest

यी तीन मार्ग विश्वव्यापी तेल आपूर्तिका लागि महत्वपूर्ण मानिन्छन्। होर्मुज भएर विश्वको २० प्रतिशत तेल आपूर्ति हुन्थ्यो। जब कि साउदी अरेबियाको पाइपलाइनले दैनिक ४० देखि ५० लाख ब्यारेल तेल आपूर्ति गथ्र्यो। बाब अल–मन्देबले विश्वको कुल समुद्री तेल र ग्यास व्यापारको लगभग ५ प्रतिशतदेखि १२ प्रतिशत वा दैनिक ४ देखि ५० लाख ब्यारेल तेल पनि आपूर्ति गर्दछ।

यसको अर्थ यी तीन मार्गबाट हुने लगभग ३० प्रतिशत आपूर्ति प्रभावित हुनेछ। किनकि इरानले हर्मुज र बाब अल–मन्देब जलमार्गहुँदै तेल आपूर्ति नियन्त्रण गर्न सक्छ र मध्यपूर्वबाट तेल र ग्यास रोक्न सक्छ।

यदि यी तीन मार्ग पूर्ण रुपमा बन्द भएमा विश्वको लगभग ३० प्रतिशत तेल आपूर्ति पूर्ण रुपमा अवरुद्ध हुनेछ। यसलाई युरोप, भारत र चीनजस्ता देशमा ऊर्जा आपूर्तिमा उल्लेखनीय असर पर्ने रुपमा पनि बुझ्न सकिन्छ। यदि यो बन्द लामो समयसम्म जारी रह्यो भने सम्पूर्ण विश्वले ठूलो संकटको सामना गर्न सक्छ।

उदाहरणका लागि पेट्रोल, डिजेल र एलपीजीको मूल्य तीव्र रुपमा बढ्नेछ। आपूर्ति शृंखलामा अवरोधका कारण अन्तर्राष्ट्रिय बजारहरुबाट आउने सामान उल्लेखनीय रुपमा महँगो हुनेछन्। कच्चा पदार्थ महँगो हुँदै जाँदा उत्पादनको मूल्य बढ्नेछ। जसले गर्दा खरिद शक्ति कम हुनेछ र महँगीले अर्थतन्त्रलाई असर गर्नेछ।

यसबाट शेयर बजार पनि अछुतो रहनेछ। बढ्दो भूराजनीतिक तनावले महँगी बढाउनेछ। कम्पनीहरुको आम्दानीमा पनि तीव्र गिरावट आउन सक्छ। जसले गर्दा उनीहरुको शेयरमा असर पर्न सक्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS