IME Life New

बीमा दाबी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रो इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गरी बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको हो। गत असार मसान्तम्मको दाबी निवेदनहरु लामो समयसम्म फर्छ्यौट हुन बाँकी रहेको कम्पनीले जनाएको छ। ती दाबी फर्छ्यौटका लागि कम्पनीले बीमितलाई विभिन्न मितिमा पत्रमार्फत जानकारी गराइएको पनि सूचनामा उल्लेख छ।

Esewa
Crest

दाबी भुक्तानी लिन बाँकी बीमितलाई ३५ दिनभित्र आवश्यक कागजातसहित प्रधान कार्यालय जनकपुर, प्रादेशिक कार्यालय काठमाडौंको दरबारमार्ग तथा शाखा तथा उपशाखामा सम्पर्कमा आउन कम्पनीले आग्रह गरेको छ।

तोकिएको अवधिभित्र सम्पर्कमा नआउने बीमितको दाबी भुक्तानी गर्न कम्पनी असमर्थ हुने सूचनामा प्रस्ट पारिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS