IME Life New

आचारसंहिताले गर्न नहुने भनेका कस्ता गतिविधि गरिरहेका छन् बीमा अभिकर्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले २०८३ वैशाख १० गते बीमा अभिकर्तासम्बन्धी निर्देशन जारी गरेको हो । यसको अनुसूची १ बीमा अभिकर्ताको आचारसंहिता पनि समावेश गरिएको छ। आचारसंहितामा बीमा अभिकर्ताले गर्न हुने र नहुने कुराहरु समावेश गरिएका छन्। हामीले आचारसंहिताले गर्न नहुने भनेका तर अझै पनि केही गैरव्यावसायिक चरित्रका अभिकर्ताले गरिरहेका आचारसंहिताविपरीतका गतिविधिबारे विवरण समावेश गरेका छौँ ।

(क) अस्वस्थ प्रतिस्पर्धा तथा प्रलोभन
बीमा बजारमा कुनै अस्वस्थ प्रतिस्पर्धा गर्न, अन्य बीमा अभिकर्ताको व्यवसायमा अनावश्यक दखल पुर्याउन वा बीमितलाई बीमालेख खरिद गर्न प्रोत्साहित गर्ने उद्देश्यले कमिशन फिर्ता दिने, उपहार दिने वा पोलिसी(बीमालेख) बाहिरका कुनै पनि गैरकानुनी प्रलोभन देखाउन वा सोको कबोल गर्न।

Esewa
Crest

अहिलेको अवस्थाः सामाजिक सञ्जालमा केही बीमा अभिकर्ताले डिस्काउन्ट र छुटजस्ता शब्दको प्रयोग गरेर आचारसंहिताको उल्लंघन गरिरहेका छन् ।

(ख) बिना इजाजत व्यवसाय
बीमा अभिकर्ताको इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र नवीकरण नगरी बीमालेख बिक्री गर्न।

अहिलेको अवस्थाः आफ्नो परिवारको अन्य कुनै सदस्य उदाहरणका लागि श्रीमान वा श्रीमती, छोरा वा छोरी, बुहारी, दाजु भाइको नाममा अभिकर्ता जारी भएको इजाजतपत्रका आधारमा अनधिकृत व्यक्तिले आफूलाई अभिकर्ताका रुपमा प्रस्तुत गरेर बीमालेख बिक्री गरिरहेका छन् ।

(ग) गोपनीयता र सूचनाको इमानदारिता
ग्राहकका बारेमा आफूलाई जानकारी भएको विवरणहरु सम्बन्धित बीमकबाहेकका अन्य व्यक्ति वा संस्था सामु प्रकट गर्न वा बीमितको स्वास्थ अवस्था, उपचारको अभिलेख, उमेर, आयस्रोत तथा कागजात विवरणहरु ढाँटी वा लुकाई बीमा गर्न।

अहिलेको अवस्थाः केही अभिकर्ताले सम्बन्धित बीमितको सम्पूर्ण पहिचानसहितको विवरण र तस्बिरसमेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेका छन्।

(घ) दुव्र्यवहार तथा करकाप
ग्राहकप्रति दुव्र्यवहार गर्न, अनावश्यक करकाप गर्न वा बीमितको इच्छाविपरीत अनावश्यक रुपमा बीमालेख परिवर्तन गर्न प्रोत्साहन गर्न।

(ङ) अनुचित आर्थिक लाभ

बीमालेख बापत प्राप्त हुने रकमको कुनै पनि अंश बीमित वा बीमितको हकवालाबाट लिन वा बीमा प्रस्ताव स्वीकृत नभएसम्म बीमाशुल्कबापतको रकम बुझिलिन।

अहिलेको अवस्थाः वैदेशिक रोजगार बीमाबापतको दाबी भुक्तानी दिलाउन पहल गरिदिएबापत अनधिकृत सेवा शुल्कका रुपमा यस्तो रकम असुली गरिएका छन् ।

(च) दोहोरो भूमिका र स्वार्थको द्वन्द्व
बीमा अभिकर्ता कुनै बीमकको तलबी कर्मचारी, परामर्शदाता, सर्भेयर, सल्लाहकार वा लेखापरीक्षक भई काम गर्न।
अहिलेको अवस्थाः बीमा अभिकर्ता स्वयं नभए पनि निजको एकाघर परिवारका सदस्यहरु बीमकको कार्यालयमा कर्मचारीका रुपमा कार्यरत रहेको अवस्था छ।

(छ) दर र शर्तको उल्लंघन
निर्धारित बीमादर उल्लंघन गरी व्यवसाय हात पार्न वा बीमालेखको अन्तिम बीमाशुल्क निर्धारण गर्न र बीमाको सेवा–सर्तहरु आफैँले तोक्न।

अहिलेको अवस्थाः बीमालेखमा नभएका सर्त वा सेवा–सुविधाहरुसमेत बीमितलाई उपलब्ध गराउने आश्वासन वा प्रलोभन दिएर बीमालेख बिक्री गरिएका छन्। उदाहरणका लागि वार्षिक रुपमा बीमांकको ५ प्रतिशत रकम अग्रिम भुक्तानी हुने सुविधालाई वार्षिक बीमाशुल्कमा छुटका रुपमा परिभाषित गरेर बीमितलाई ठग्ने काम जारी छ।

(ज) भ्रामक प्रचारप्रसार
आफू बीमा अभिकर्ता नभएको कुनै पनि बीमकका बारेमा वा आफूले प्रतिनिधित्व गर्ने बीमकको क्षमताका बारेमा गलत वा अतिरञ्जित प्रचार प्रसार गर्न।

अहिलेको अवस्थाः अन्य बीमकका बारेमा कुनै नकारात्मक वा भ्रामक सामग्री सामाजिक सञ्जालमा देखिएमा वा समाचारमाध्यमबाट प्रकशन भएको अवस्थामा सामाजिक सञ्जालमा साझा गर्ने प्रवृत्ति छ।

(झ) जालसाजी र कीर्ते
बीमक, बीमित वा अन्य पक्षसँग मिली वा नमिली बीमासम्बन्धी कुनै जालसाजी वा कीर्ते गरी वा गलत विवरण वा कागजात तयार गरी बीमा गर्ने, दाबी प्राप्त गर्ने वा बीमक वा बीमितको हितविपरीत कार्य गर्न।

अहिलेको अवस्थाः बीमितको आयस्रोतका लागि नक्कली सिफारिसपत्र, बीमा अन्डरराइटिङका लागि फर्जी स्वास्थ्य जाँच प्रतिवेदन तयार पार्ने वा उपलब्ध गराउने कार्य भइरहेको छ।

(ञ) स्वामित्व र सञ्चालनमा बन्देज
कुनै बीमकको बीमा अभिकर्ता भई कार्यरत व्यक्ति वा संस्था वा सो संस्थाका सञ्चालक वा निजको एकाघर परिवारको सदस्यले सम्बन्धित बीमकको संस्थापक वा सञ्चालक हुन वा आधारभूत शेयर स्वामित्व धारण गर्न।

(ट) कानुनको उल्लंघन
आफ्नो पेसागत व्यवसाय सञ्चालन गर्दा प्रचलित बीमा कानुन, भ्रष्टाचार निवारण ऐन, सम्पत्ति शुद्धीकरण निवारण ऐन वा अन्य प्रचलित कानुन उल्लंघन हुने गरी कार्य गर्न।

अहिलेको अवस्थाः केही अभिकर्ताले स्रोत नखुलेको सम्पत्ती आर्जन गरेका व्यक्तिहरुलाई जीवन बीमामार्फत सम्पत्ति शुद्धीकरणका लागि सुझाव दिने वा बीमकलाई दबाब दिएर जीवन बीमालेख जारी गराउने कार्य गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS