IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको सोमबार अपराह्न बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५.५३ रुपैयाँको कुल १०.५२६३ प्रतिशतले हुन आउने ३९ करोड ३० लाख ५९ हजार ८४२.६९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ४ प्रतिशतले हुन आउने १४ करोड ९३ लाख ६२ हजार ७४०.२२ रुपैयाँबराबरको बोनस शेयर र ६.५२६३ प्रतिशतले हुन आउने २४ करोड ३६ लाख ९७ हजार १०२.४७ रुपैयाँबराबरको नगद लाभांश (नगद र बोनसमा लाग्ने करसहित) रहेका छन्।

Esewa
Crest

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS