IME Life New

सामाजिक सञ्जालमा बेलगाम बने बीमा अभिकर्ता, नियामक बीमा प्राधिकरण किन माैन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामाजिक सञ्जालको प्रभाव बढ्दै जाँदा जीवन बीमा कम्पनीका अभिकर्ताहरूबाट यसको दुरूपयोग गर्ने प्रवृत्ती पनि माैलाउँदै गएको छ। खासगरी आफूलाई स्वघोषित बीमा सल्लाहकार पदनाम दिएर सामाजिक सञ्जालमा जीवन बीमा सम्बन्धी योजनाहरूको प्रचार प्रसार गर्दा अभिकर्ताले दिने भ्रामक जानकारीले सर्वसाधारण ठगिएका छन्।

नेशनल लाइफ इन्स्योरेन्सले पनि अभिकर्ताका लागि सामाजिक सञ्जाल आचारसंहिता जारी गरेको छ। कम्पनीको केही अभिकर्ताले व्यवसायीक मर्यादाविपरित विभिन्न पदनाम प्रयोग गर्दै सामाजिक सञ्जालमा प्रचार सामाग्री राखेको विषय इन्स्योरेन्स खबरले उजागर गरेपछि इन्स्योरेन्सले यस्तो आचारसंहिता जारी गरेको हो । कम्पनीले भ्रामक जानकारी नदिन र कम्पनीको लोगो वा नाम दुरूपयोग नगर्न अभिकर्तालाई सचेत गराएको छ।

Esewa
Crest

केही असन्तुष्ट अभिकर्ताले सामाजिक सञ्जालमा कम्पनीको बारेमा जथाभावी अभिव्यक्ति दिएपछि सप्ताहव्यापी अभिकर्ता सम्मान् कार्यक्रमको उद्घाटन सत्रमा नेपाल लाइफ इन्स्योरेन्सका  प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रमन पराजुलीले अभिकर्ताहरूलाई आचारसंहिताबारे स्मरण गराउन बाध्य बनायो। तपाईहरू अभिकर्ताकारूपमा संस्थामा आबद्ध हुनुहुन्छ, त्यसका आचारसंहिता छन्, उनले अभिकर्ता  भेलालाई सम्बोधन गर्दै भने, त्यो कुरालाई यहाँहरूले ग्रहण गरेर (सामाजिक सञ्जालमा) के कुरा राख्नुहुन्छ, लेख्नुहुन्छ, पोष्ट गर्नुहुन्छ, बोल्नुहुन्छ भनेर चाहिँ हेर्नुहोला।

मुद्दती निक्षेप हो र जीवन बीमा ?

जीवन बीमा कम्पनीले बैंक तथा वित्तीय संस्थाहरूले जस्तो मुद्दती निक्षेप स्वीकार्न पाउँदैनन्। जीवन बीमकले दिने प्रतिफल अपवाद बाहेकको अवस्थामा ग्यारेण्टी गर्न सकिदैन । किनकी जीवन बीमा कम्पनीले गर्ने प्रत्येक लगानी बजारको जोखिमसँग प्रत्यक्षरूपमा जोडिएको हुन्छ। त्यसैले आज कुनै बीमा योजनामा प्रति एक हजार रूपैयाँ बीमाङ्कमा वार्षिक ६० रूपैयाँका दरले बोनश दिएको छ भने अर्को वर्षपनि ६० रूपैयाँ नै दिन्छ भन्ने ग्यारेण्टी गर्न सक्दैन । किनकी बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदर, शेयर बजारमा गरेको लगानी, जलविद्युत, पर्यटन र कृषी क्षेत्रका कम्पनीहरूमा गरेको लगानीको प्रतिफल अर्थात् नाफा कति प्राप्त हुन्छ भन्ने यकीन गर्न सकिदैन। बीमितले नियमितरूपम कति वर्षसम्म बीमाशुल्क तिर्छन् भन्ने अनुमान गर्न पनि सकिंदैन।

यस्तो अनिश्चितताका बीच बोनश दर यति उति भनेर ग्यारेण्टी गर्ने वा आज पचास लाख रूपैयाँ जम्मा गरे ५ वर्षपछि १ करोड रूपैयाँ फिर्ता पाइन्छ भन्ने ग्यारेण्टी गर्दै नाम चलेका बीमा कम्पनीका अभिकर्ताहरू सर्वसाधारणलाई भ्रामक जानकारी दिइरहेका छन्। अझै भन्नुपर्दा ठगी गरिरहेका छन् ।

एआईको चरम दुरूपयोगः

अर्कोतर्फ जीवन बीमा कम्पनीको नाम र लोगो दुरूपयोग गरेर सामाजिक सञ्जालमा कृत्रिम बुद्धिमत्ता (एआई) को माध्यमबाट जथाभावी श्रव्यदृश्य(भिडियो) सामाग्री र तस्वीरहरू सिर्जना गरेर प्रचार प्रसार गर्ने कार्य पनि गरिएको पाइएको छ।

पीडित सर्वसाधारणका अनुसार, नाम चलेको जीवन बीमा कम्पनीको नामबाट खोलिएको फेसबुक पेजहरूको माध्यमबाट ठगीका घटना माैलाएको छ। कम्पनीको जस्तो दुरूस्त देखिने लोगो, नाम र प्रचार सामाग्री प्रयोग गरेर बनाइएका सामाजिक सञ्जाल (टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब च्यानल) र कम्पनीले नै सञ्चालन गरिरहेको यस्ता सामाजिक सञ्जालमध्ये कुन सक्कली कुन नक्कली भन्ने छुट्याउन सकिने अवस्था छैन । यसरी नक्कली र सक्कली छुट्याउन नसक्दा बीमित ठगिन परेको छ।

इन्स्योरेन्स खबरले सामाजिक सञ्जाल नियाल्दा जीवन बीमकहरूमध्ये नेशनल लाइफ, एलआइसी नेपाल,एशियन लाइफ, हिमालयन लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, राष्ट्रिय जीवन बीमा कम्पनी, सानिमा रिलायन्स लाइफ, प्रभु महालक्ष्मी लाइफ, आइएमइ लाइफ इन्स्योरेन्सले सञ्चालन गर्ने सामाजिक सञ्जालहरू आधिकारिक हुन वा अनधिकृत हुन् भन्ने छुट्याउन सकिने अवस्था छैन। १४ जीवन बीमकमध्ये मेट लाइफ, नेपाल लाइफ, सिटिजन लाइफ, सूर्यज्योती लाइफले मात्र आधिकारिक पुष्टी हुने गरी ‘भेरिफाइड’ साामजिक सञ्जाल खाता प्रयोग गरिरहेका छन् ।

सामाजिक सञ्जाल नियमन गर्ने प्रावधानको अभावः

नेपाल बीमा प्राधिकरणले बीमित हित संरक्षणका लागि अभिकर्ताका सामाजिक सञ्जाल प्रयोग सम्बन्धी बेग्लै आचारसंहिता जारी गरेर कार्यान्वयन गर्नुपर्ने अवस्था देखिएको छ। अन्यथा सर्वसाधारणहरू भ्रमित हुने र ठगिने श्रृंखला जारी नै रहनेछ।

सामाजिक सञ्जालमा केही अभिकर्ताले जथाभावी सामाग्री प्रस्तुत गर्दा समग्र पेशागत अभिकर्ताकै बदनामी हुन थालेकाले चिन्ता बढाएको छ, नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघका अध्यक्ष राजेन्द्र अमात्यले भने, यसमा बीमक स्वयम् र इजाजत पत्र जारी गर्ने नियामकले निगरानी र अंकुश लगाउने काम गर्नुपर्छ।

बीमा प्राधिकरणको दायीत्वमध्ये बीमितको हकहित संरक्षण सबैभन्दा पहिलो र उच्च प्राथमिकतामा पर्ने दायीत्व हो। बीमित हित विपरित हुने कुनै पनि गतिविधिमा कुनै पनि पक्षबाट हुने वा हुनसक्ने गतिविधिमाथि निगरानी गर्ने र नियामकीय कारवाही गर्ने जिम्मेवारी पनि प्राधिकरणको हो । सामाजिक सञ्जालको दुरूपयोग बढेर सर्वसाधारण ठगिने घटना बढेर भोली भयावह अवस्था आउनु अघि नै प्राधिकरणले नियामकीय अंकुश लगाउनुपर्छ।

प्राधिकरणबाट इजाजत प्राप्त सवा चार लाख अभिकर्ताले सामाजिक सञ्जालमार्फत् गर्ने गतिविधि प्राधिकरणले नियमित निगरानी गर्न सक्ने अवस्था छैन। यसका लागि सामाजिक सञ्जाल वा अन्य कुनै पनि किसिमको प्रशारण, प्रकाशनमाध्यम दुरूपयोग गरेर भ्रामक सूचना, विज्ञापन सामाग्री प्रेषित गर्ने वा सर्वसाधारणलाई भ्रमित पार्ने नियतले कुनै पनि गतिविधि गरेको अवस्थामा प्राधिकरणले सम्बन्धित अभिकर्ताको इजाजत पत्र निलम्बन र खारेजी गर्ने सम्मको नियामकीय व्यवस्था आचारसंहितामार्फत् गर्नु जरूरी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS