IME Life New

आव २०८२।८३ को लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक आर्थिक वर्ष २०८२।८३ को लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ।

बैंक सञ्चालक समितिको आज दिउँसो ४ बजेको बैठकले उक्त आर्थिक वर्षको अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ४ अर्ब २१ करोड १९ लाख ३० हजार ८१४.९४ रुपैयाँमध्ये अग्राधिकार शेयरपुँजी ३५ करोड रुपैयाँ बाँडफाँट भएको मितिबाट गत असार मसान्तसम्म आनुपातिक रुपमा ९ प्रतिशतका दरले हुन आउने रकम १ करोड ४० लाख ६७ हजार १२३.२९ रुपैयाँ र साधारण शेयरपुँजी ३ अर्ब ८६ करोड १९ लाख ३० हजार ८१४.९४ रुपैयाँको १५ प्रतिशतले हुन आउने ५७ करोड ९२ लाख ८९ हजार ६२२.२४ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।

Esewa
Crest

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS