IME Life New

दाबी भुक्तानी दिंदा जीवन बीमा गराए बीमा ऐन बमोजिम कारवाही गर्ने बीमा प्राधिकरणको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमाको दाबी भुक्तानी दिंदा अर्को बीमा गर्नुपर्ने शर्त राखेर दुःख दिए जीवन बीमा कम्पनीलाई कारवाही गर्ने चेतावनी  दिएको छ। प्राधिकरणले शुक्रबार सबैखाले जीवन बीमकको नाममा संयुक्त परिपत्र जारी गर्दै बीमा ऐन २०७९ बमोजिम कारवाही हुने चेतावनी दिएको हो।

विशेषगरी वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकको परिवारजनलाई बीमा दाबी भुक्तानी गर्दा जीवन बीमकले अर्को जीवन बीमा नगर्दासम्म भुक्तानी नपाइने भन्दै तर्साउने र अनुचित दबाब दिने गरेको गुनासो बढेपछि प्राधिकरणले यस्तो चेतावनी दिनु परेको हो।

Esewa
Crest

प्राधिकरणको बीमालेख शाखाले जीवन बीमकको नाममा जारी गरेको परिपत्रमा लेखिएको छ, ‘दाबी भुक्तानी गर्नुपर्ने बीमकको करारीय दायीत्व भएको हुँदा दाबी भुक्तानीको समयमा बीमकले अर्को बीमालेख बिक्रीसँग शर्त तोक्ने वा अर्को बीमालेखको लागि अनुचित दबाब दिने गरेको पाइएमा बीमा ऐन २०७९ बमोजिम कारवाही हुने व्यहोरा निर्देशानुसार जानकारी गराइन्छ।’

यस्तो चेतावनी प्राधिकरणले स्वतःस्फूर्तरूपमा दिएको होइन। बीमा प्राधिकरणका जिम्मेवार अधिकारीलाई कार्यकक्षमा डाँकेर श्रम तथा रोजगारमन्त्री रामजी यादवले हप्कीदप्की गरेपछि मात्र प्राधिकरण अग्रसर बनेको हो । अघिल्लो पटक झैं यसपटक पनि प्राधिकरणका अधिकारीको स्पष्टीकरण थियो,’हामीलाई कसैले गुनासो गरेपो एक्शन लिनु!’। पीडितको संख्या अत्यधिक हुँदा हुँदै पनि प्राधिकरण सम्म गुनासो नपुग्नुको कारण प्राधिकरणले जनचेतनामा ध्यान नदिएको, पीडित र प्राधिकरणबीच पहुँचको संयन्त्रको अभाव रहेको पुष्टी हुन्छ।

बदमाशी रोक्न प्राधिकरणले गर्नुपर्ने कामः

बीमा प्राधिकरणले सर्ट एसएमएस कोडमार्फत् नै पीडित वा बीमितले प्राधिकरणलाई जानकारी गराउन सक्ने सुविधा प्रयोगमा ल्याउनुपर्छ। अनि ठगी रोक्न सहज हुनेछ। मोबाइल सेवा प्रदायकले मोबाइलको विभिन्न प्याकेज खरिद गर्न युएसएसडी कोडको सुविधा दिए झैं प्राधिकरणले पनि सटिक र झण्झट रहित तरिकाले बीमालेख नम्बर र बीमकको मात्र नाम चयन गरेर गुनासो दर्ता गर्ने सुविधा प्रयोगमा ल्याउनुपर्छ। बीमितको तर्फबाट प्रारम्भिक सूचना प्राप्त हुने बित्तिक्कै प्राधिकरणको बीमित सेवा केन्द्रबाट सम्पर्क गरेर विस्तृत विवरण संकलन गर्ने गुनासोमाथि कारवाही शुरू गर्ने प्रकृया अघि बढाएमा प्रभावकारी हुनेछ।

पहिले पनि प्राधिकरणले दिएको थियो निर्देशनः

यसअघि पनि २०८१ पौष ९ गते बीमा प्राधिकरणको सम्पत्ती शुद्धिकरण शाखाले ५४७ च.नं. २९६३ को पत्रमार्फत् जीवन बीमकलाई अनुचित दबाब नदिन निर्देशन दिएपनि बीमकले टेरेनन् । बीमित वा निजको हकवालालाई दबाब दिने कामलाई निरन्तर जारी राखे । वैदेशिक रोजगारीका बीमाको दाअबी लिने क्रममा मृतकको परिवारजन पीडित बनेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८१ कात्तिक २७ गते प्राधिकरणलाई लिखितरूपमा नै बीमा प्राधिकरण समक्ष आपत्ती जनाएको थियो।

मन्त्रालयले नै  प्राधिकरणको ध्यानाकर्षण गराएपछि प्राधिकरणको नियमन तथा सम्पत्ति शुद्धिकरण शाखाले ‘जीवन बीमकले दाबी भुक्तानी वापत बीमित वा हकवालालाई कानून बमोजिम भुक्तानी गर्नुपर्ने रकम बीमित वा हकवालाको बैंक खातामा दाखिला नगरी अन्य बीमालेख जारी गरी रकम समायोजन नगर्न’ निर्देशन जारी गर्न बाध्य भएको थियो । त्यस बेला मृत्यु दाबीवापतको रकम भुक्तानी नहुँदै हकवालाबाट बीमकको नाममा चेक जारी गर्न लगाउने र त्यसलगत्तै दाबी रकम भुक्तानी गरेर बैंकबाट बीमा कम्पनीको खातामा रकमान्तर गर्ने प्रवृत्ती अझै पनि छ।

२०८१ पाैष महिनामा जारी गरेको पत्रमा प्राधिकरणले दाबी भुक्तानीका क्रममा नयाँ बीमाका लागि अनुचित दबाब नदिन र सिधै सम्बन्धित व्यक्तिको बैंक खातामा डिजिटल माध्यमबाट भुक्तानी दिन निर्देशन दिएको थियो। यस्तो निर्देशन प्राधिकरणका अध्यक्ष मदन दाहालले जारी गर्न लगाएका थिए। उनी वैदेशिक रोजगार विभागका महानिर्देशक पृष्ठभूमीबाट आएकाले उनलाई जीवन बीमकबाट हुने बदमाशीबारे जानकार थिए ।

के कारवाहीको भयले बीमक सुध्रिएलान् ?

पहिलो पटक जारी गरेको निर्देशनमा प्राधिकरणले कारवाहीको चेतावनी दिएको थिएन। तर यसपटक जारी गरिएको परिपत्रमा प्राधिकरणले बीमा ऐन २०७९ बमोजिम कारवाही हुने चेतावनी दिएको छ। प्राधिकरणको यस्तो चेतावनीले यस पटक बीमकले प्राधिकरणको निर्देशन टेर्ने संभावना बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS